२५ मंसिर, काठमाडौं ।

आज हुने भनिएको प्रमुख तीन दल र मधेशी मोर्चाबीचको वार्तालाई निर्णायक बनाउन प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन् । संसदको अवरोध हटाउन र मधेशी मोर्चासँगको वार्ता पनि फलदायी बनाउन भन्दै प्रधानमन्त्रीले विभिन्न पक्षसँगको भेटघाट तीव्र पारेका हुन् ।

मधेशी मोर्चासँगको वार्ता अघि प्रधानमन्त्रीले सत्ता बाहिरका साना दल, संयुक्त मधेशी गठबन्धन, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र अन्त्यमा मधेशी मोर्चासँग भेटवार्ताको कार्यक्रम राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

PM Oli at office

आज संसद खुलाउनका लागि ३ बजेअघि नै सहमति जुटाउनेगरी वार्ता भैरहेको कार्यालय श्रोतले जनाएको छ ।

यस अघि हिँजोको वार्तामा मोर्चाले पुनःनिर्माण विधेयकमा सघाउने बताएपनि कांग्रेसको अवरोधका कारण पुनः निर्माण सम्बन्धि विधेयक प्रस्तुत हुन सकेको थिएन ।

नेपाली सांसदका लागि भारतीय दुताबासमा लञ्च मिटिङ

दिल्ली दौडाहाबाट फर्किएका नेताहरुले सरकारले ल्याउन लागेको एउटा विधेयक पारित गर्न सघाउने बचन दिएपछि अन्य विषयमा पनि छिट्टै कुरा मिल्न सक्ने अनुमान गरिएको छ ।

दुताबासमा लञ्च मिटिङः
भारतले नेपालमाथि नाकाबन्दी लगाएर नेपाली आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै ब्यापक आलोचना भैरहेको समयमा काठमाडौं स्थित भारतीय दुतबासले नेपाली सांसदहरुका लागि लञ्च मिटिङ आयोजना गरेको छ ।

एसियन ह्युमन राइट्स कमिसनको बुझि नसक्नु विज्ञप्ति

अहिले कतिपय सांसदहरु भारतीय दुताबासमा लञ्च मिटिङमा ब्यस्त रहेको बताइएको छ । कांग्रेस, एमाले र एमाओवादीसहित सबै पार्टीका तराई मधेसका सांसदहरु दुताबासमा लञ्च खान पुगेका छन् ।