२५ मंसिर, काठमाडौं ।

सत्तारुढ दल र मधेशी मोर्चाबीच सिंहदरवारमा भएको आजको वार्ता विना निष्कर्ष सकिएको छ । मधेशी मोर्चाका नेताहरुले सीमङ्कन पुनरावलोकनबारे तीन दलको संयुक्त धारणा नआए सम्म कुरा मिल्न नसक्ने अडान लिएपछि वार्ता विना निष्कर्ष सकिएको हो ।

सत्तारुढ तथा कांग्रेसको तर्फबाट संविधान संसोधन सहितको तीन बुँदे प्रस्ताव प्रस्तुत गरिएको थियो । तर मोर्चाले पुरानै अडान दोहोर्‍याउने र सीमाङ्कनको विषयमा चुप लाग्ने भए अव वार्ता नगरे हुने समेत बताएको छ ।

वार्तामा उपेन्द्र यादवले अव वार्ताका लागि वार्ताको आह्वान नगर्न सरकार पक्षका नेताहरुलाई आग्रह गरेका थिए ।

madhesi morcha 3 dal meeting

फाइल तस्विर

बैठकबाट बाहिरिँदै मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधान मन्त्री विजय कुमार गच्छदारले भने वार्ता सकारात्मक रहेको र अर्को वार्ता बसेर सहमतिको प्रयास हुने जानकारी दिए ।

मोर्चासँग यो १९ औं पटक भएको असफल वार्ता हो । मोर्चाका नेता भारतबाट फर्किएपछि कुरा मिल्ने अनुमान गरिएपनि वार्ताले अवस्था झनै अनिश्चित हुने देखाएको छ ।

मोर्चाका नेता भारतबाट फर्किएपछि नाकबन्दी खूल्ने भनिएपनि केही नाकाको सहजताबाहेक बीरगञ्ज लगायतका नाकामा जारी नाकाबन्दी कायमै छ । वार्तामा देखिएको अलमलले नाकबन्दी र मधेश आन्दोलन लम्बिने देखिएको छ ।

राष्ट्रिय जनसंघर्ष मोर्चाद्धारा दोस्रो चरणको आन्दोलनको घोषणा

उता मोर्चासँग कुरा मिल्न नसकेपनि नेपाली कांग्रेसले आज संसद बैठक अवरुद्ध नगर्ने जानकारी सत्तारुढ दलहरुलाई गराएको छ । कांग्रेसको अवरोधका कारण रोकिएको विधेयक अहिले दिउसो ३ बजेको संसद बैठकमा प्रस्तुत हुने छ ।

कांग्रेसले गरायो संसद बैठक अवरुद्ध नगर्ने जानकारी