तपाइँ कतै दुर्गममा जानु भएको छ । विजुली छैन सोलार चार्जर पनि छैन पावर बैंक लैजान पनि भुल्नु भयो तर मोबाइलको चार्ज भने सकियो । अव के गर्ने ? नआत्तिनुस् यसको पनि समाधान आएको छ ।

विजुली नै नभएको बेला मोबाइल चार्ज गर्ने प्रविधीबारे जानकारी यहाँ दिइएको छ ।

poket socket 1

पकेट सकेट तपाइँका लागि उपयोगी हुन सक्छ । पकेट सकेटले तपाइँको उपकरण चार्ज गर्नलाई जेनेरेटरको काम गर्छ ।

यसले कसरी काम गर्छ हेर्नुस् भिडियोः

ह्याण्डल घुमाउनुस् गर्नुस् चार्ज

तपाइँले मोबाइल वा उपकरण चार्ज गर्नका लागि धेरै केही गर्नु पर्दैन । केवल पकेट सकेटको ह्याण्डल घुमाए पुग्छ । तपाइँलाई करिव १ हजार पटक घुमाउनु भो भने यसले कम्तिमा १० प्रतिशत ब्याट्री चार्ज गर्छ ।

poket socket 2

यसबाट तपाइँको मोबाइल फोन मात्र नभएर USB प्लेयर, mp3 प्लेयर, क्यामेरा र अन्य उपकरण समेत चार्ज गर्न सकिन्छ ।

poket socket

यो पकेट सकेटको उत्पादन अमेरिकी ग्राहकलाई दृष्टिगत गरी बनाइएको भएपनि यसमा अर्को एडप्टर राखेर प्रयोग गर्न सकिन्छ । स्मार्ट फोनको चार्ज छिटो सकिएर हुने समस्याबाट मुक्ति दिलाउन यो प्रविधी विकाश गरिएको हो ।

साइकल चलाउनु हुन्छ? अझै अर्को विकल्प पनि छ

हेर्नुस् भिडियो

सिवासाइकल एटम यस्तो चार्जर किट हो जसले तपाइँको साइकल चलाउँदै गर्दा मोबाइल चार्ज हुन्छ । तर यसको ब्याट्री केवल 1650 एमएएच क्षमताको हुन्छ । तर ब्याट्री पुरै सकिएको बेला यो पनि बिकल्प हो ।