३१ भदौ, काठमाडौं ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गलत सम्झौता भए जनताले खारेज गर्ने विश्वास विभिन्न क्षेत्रका विज्ञले गरेका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत बचाऔं अभियानले आयोजना गरेको ‘कोसी, कर्णाली र पञ्चेश्वर’ विषयको अन्तरक्रियामा उनीहरुले राष्ट्रको हित विपरीत गरिने सम्झौतालाई नागरिकले आफैं खारेज गर्ने बताए ।

PM Prachanda India tour 8448136

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले राज्यले देशको प्राकृतिक स्रोत बचाउन र परिचालन गर्न कुनै कसुर बाँकी राख्न नहुने र कुनै पनि प्राकृतिक स्रोतको उपयोग देशको हितमा हुनुपर्नेमा जोड दिए । पत्रकार प्रेम कैदीले सूचना र सञ्चार राष्ट्र हितका पक्षमा रहेसम्म मुलुकको राष्ट्रियता र स्वाधीनता कमजोर नहुने विचार व्यक्त गरे ।

अभियानका संयोजक रामशरण न्यौपाने, सीमाविद् चेतेन्द्रजङ्ग हिमाली, डा शास्त्रदत्त पन्त, प्रा डा सुरेन्द्र केसी, पञ्चेश्वर तथा पश्चिम बचाऔँ अभियानकर्मी रामचन्द्र चटौत र ग्रेटर नेपाल अभियानका संयोजक फणीन्द्र नेपालले अहिलेसम्मका सरकारले देशलाई बेफाइदा हुने गरी सम्झौता गरेको बताउँदै सबै देशभक्त नेपालीले देशमाथि भइरहेको बाह्य हस्तक्षेपको प्रतिरोध गर्नुपर्ने बताए ।