विकाश श्रेष्ठ।
२३ फागुन, सोल ।

कम्पनीले घर जान छुट्टी नदिएको भन्दै कोरियामा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् ।

झण्डै दुइ वर्ष अघि इपिएस मार्फत कोरिया आएका गुल्मी अर्खलेका विजय खत्रीले कम्पनीको कोठामा झुण्डिएर आत्महत्या गरेका हुन् । मृतक विजयले घर जान अनुमति पाएपछि प्लेन टिकट पनि काटेका थिए ।

Vijay Khatri Suicide Korea

आत्मह्या गरेका युवक

तर साहूका छोराले छुट्टी जान नपाउने भनेपछि त्यही निहुँमा आज अपरान्ह एक बजे आत्महत्या गरेको बुझिएको छ ।

खत्री ख्वाङ्जुको टेक्सटाइल कम्पनी कार्यरत रहेको बताइएको छ । आज आइतबार छुट्टीको दिन साथीहरु बजार गएको बेला खत्रीले कम्पनीको होस्टेलको कोठामा आत्महत्या गरेको उनका दाजू समेत रहेका कृष्ण खत्रीले जनाएका छन् । कम्पनीमा तीन जना नेपाली कार्यरत रहेको बु्झिएको छ ।

खत्रीको शवलाई अहिले पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र नेपाली दुतावासलाई पनि कम्पनीले जानकारी दिएको मृतकका दाजु कृष्णले जनाएका छन् । कोरियामा पछिल्लो समयमा विभिन्न निहुँमा नेपालीले आत्महत्या गर्ने क्रम बढेको छ । गत महिना पनि आफु डिप्रेसनबाट पिडित रहेको र जिन्दगी देखि बोर लागेको भन्दै सुसाइड नोट लेखेर एक नेपाली युवाले पनि आत्महत्या गरेका थिए ।