काठमाडौं, १ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान प्रतिकुल हुने गरी संसदमा पेश भएका मिडिया काउन्सिलसहितका तीन वटा विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

मिडिया काउन्सील सहित राष्ट्रिय सुुरक्षा र मानव अधिकारसम्बन्धी विधेयक फिर्ता लिनुपर्ने काँग्रेसको माग छ । बुधबार विहान बसेको कांग्रेस संसदीय दलको बैठकले विधेयक फिर्ता नभए प्रतिरोध गर्ने निर्णय गरेको पार्टीका प्रमुख सचेत बालकृष्ण खाँडले जानकारी दिए । तीनवटै विधेयक अभिव्यक्ति स्वतन्त्रता र राष्ट्रहित विपरित भएका कारण फिर्ता लिन आग्रह गरेको कांग्रेसले जनाएको छ ।

सरकारले उक्त विधेयक फिर्ता नलिई जर्वजस्ती अघि बढाउन खोजे सदन र सडकमा आन्दोलन गर्ने चेतावनी कांगे्रेसले दिएको छ । सदनमा पेश गरेको मिडिया काउन्सील विधेयकमा आपत्ती जनाउदै आएको कांग्रेसले सरकारले विचार अभिव्यक्तीलाई कमजोर बनाउन खोजेको आरोप लगाएको छ ।