४ कात्तिक, एजेन्सी ।

नजाव शरीफ नेतृत्वको पाकिस्तानी सरकारले त्यहाँको विपक्षी दलका नेता तथा चर्चित पूर्व क्रिकेटर इमरान खानलाई पक्राउ गर्ने तयारी गरिरहेको खुलासा त्यहाँका मिडियाले गरेका छन् ।

साउदी राजपारिवारले संसारसँग लुकाएका ७ कुरा, राजाले छोरीलाई पनि छोडेनन्

इमरान खानको पार्टीले नोभेम्बर २ मा इस्लामावाद बन्दको घोषणा गरेको छ । उनलाई उक्त बन्द अघी नै पक्राउ गर्ने तयारी भैरहेको पाकिस्तानी मिडियाको दावी छ ।

imran khan pak leader

पाकिस्तानको तहरीक-ए-इन्साफका पिटीआइका नेता इमरान खानलाई गृह नजरबन्दमा राखिने सम्भावना रहेको बताइएको छ । पाकिस्तानको विपक्षी दलले सरकार प्रमुख नवाज शरीफ गैरजिम्मेवार रहेको भन्दै उनी विरुद्ध विभिन्न आन्दोलनको घोषणा गरेको छ ।

imran khan and nawaj sharif

केही दिन अघि मात्र इमरानले पाकिस्तानीबीच एकताका कायम हुनु पर्ने बताउँदै पाकिस्तानको सेना प्रमुखले यतिबेला सारा देशको प्रतिनिधित्व गरिरहेको पनि बताएका थिए ।

हिलारीको पक्षमा म्याडोनाको अफरः भोट दिए मुख मैथुन गरिदिन्छु

प्रमुख समेत रहेका इमरानले प्रधानमन्त्री नवाज शरीफको शासन विफल भएको र अहिले देशको प्रतिनिधित्व सेनाले गरिरहेको बताएका थिए ।

पाकिस्तानको प्रतिपक्षी दलले सरकारलाई भन्दा पनि आफ्नो समर्थन सेनालाई रहने संकेत गरेको छ । यस अघी पाकिस्तानमा धेरै पटक सैनिक विद्रोह भएको छ । विपक्षी दलको भनाइले सत्तारुढ दल ससंकित भएको बताइएको छ ।