१ असोज, काठमाडौं । चलचित्रको काममा आफूलाई व्यस्त राखेका कलाकार विपिन कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विपिनको जोडीको रुपमा अनु काफ्ले देखिएकी छन् ।

‘बटौली’ बोलको गीतमा मनिष ढकालको स्वर, हर्क साउदको शब्द र एसडी योगीको संगीत छ । रबिन दुलालले खिचेको भिडियोलाई सुनिल पौडेलले सम्पादन गरेका हुन् । नविन चौहानको निर्देशनमा बनेको भिडियोलाई आर्टमाण्डु नेपाल प्रा.लिले तयार पारेको हो । भिडियोमा विपिन र अनुको साथमा सुमन मगर, मनाङ लावती, मनिष ढकाल, हर्क साउद, साजन ुवेदी लगायतका कलाकारहरुको अभिनय छ ।

कलाकारहरुको जीवन्त अभिनयले गीतलाई एक चलचित्रभन्दा कुनै कम भएको भान गराएको छैन । म्युजिक भिडियोमा बालविवाह गरेको केहीदिनमै माइतीमै छोड्नुपर्ने र लामो समयपछि श्रीमती लिन गएको अवस्थालाई देखाइएको छ ।