२७ कात्तिक, काठमाडौं । आतंकवादी गतिविधि गरेको भन्दै सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि उपनिर्वाचनमा भाग लिएको छ ।

फाइल तस्बिर

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि रोल्पाको थवाङमा वडाअध्यक्षका लागि नेकपाले स्वतन्त्र उम्मेदवारी दिएको हो । आज भएको मनोनयन दर्तामा सत्तारुढ नेकपाबाट जनकबहादुर बुढा, नेपाली काँग्रेसबाट कमल रोका र विप्लव समूहबाट भद्रबहादुर झाँक्रीले उम्मेदवारी दर्ता गराएका हुन् ।

थवाङ गाउँपालिका वडा नम्बर १ का अध्यक्ष फर्कबहादुर बुढाको निधन भएपछि वडाअध्यक्ष पद रिक्त भएको हो । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा विप्लव नेतृत्वको नेकपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बुढाले नेकपा माओवादी केन्द्रका उम्मेदवार ग्रीस पुनलाई पराजित गरेका थिए । स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता भएको छ ।