१२ मंसिर, काठमाडौं ।

नेक्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले केपी ओली नेतृत्वको सरकार कुम्भकर्णझै सुतेको बताएको छ ।  हाम्रो देश र नेपाली जनतालाई इतिहासमै सर्वाधिक राष्ट्रियता माथिको हस्तक्षेप, भारतीय नाकाबन्दी र जनताको चुलो बल्न बन्द भएको संकटको भूमरीमा पार्दा समेत सरकारले प्रभावकारी रुपमा विकल्प खोज्न नसकेको माओवादीले बताएको छ ।

पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्माले एक विज्ञप्ती जारी गर्दैे भारतीय विस्तारवादी शासकको अतिक्रमणकारी, बर्बर जंगली र मानवता एवं मानवअधिकार विरोधी विचार, प्रवृत्ति र रबैयाको परिणाम नाकाबन्दी गरेको बताए छन् ।

भारतीय विस्तारवादको भयानक आक्रमणसम्म हुँदा देशको सरकार,संसदवादी दलका नेताहरु चुइक्कसम्म बोल्दैनन्’ विज्ञप्तीमा भनिएको छ, ‘हस्तक्षेपको प्रतिवाद, वैकल्पिक आपूर्ति व्यवस्था र दिर्घकालीन आन्तरिक व्यवस्थापनको दृष्टिकोण एवं योजनाको कुरा त अकल्पनीय छ ।’ अझै भारतीय सिमा सुरक्षा बलले दिन दाहाडै सुनसरीको भण्टाबारीमा नेपाली जनतालाई गोली ठोक्छ, तराईको भूभाग भारतसँग मिसाउने खुल्ला अभिव्यक्ति भारतीय सांसदले दिएकोप्रति सरकार लाचार भएको उल्लेख गर्दै विज्ञप्तीमा सरकारले नेपाली जनताको स्वाभिमानका विरुद्ध डरलाग्दो आत्मसमर्पणको गोप्य डिजाइन भइराखेको आरोप लगाइएको छ ।

यो पनि पढनुस्।

विप्लव माओवादीद्वारा भारतीय दुतावासको गाडी तोडफोड गरेको स्वीकार