कुशल श्रेष्ठ

“गोलो झ्याल नभएको जहाजमा कहिल्यै नबस्नुहोस्!”

यदि तपाईँ नियमितरूपमा विमानबाट यात्रा गर्नुहुन्छ भने कहिलेकाहिँ मनमनै जहाजको झ्याल गोलाकार किन हुन्छ भनेर सोँच्नुहुन्छ होला। यो विमानको डिजाइन मात्रै हो कि यसको पछाडि कुनै वैज्ञानिक कारण छ? उत्तर अति नै साधारण छ, तर यसमा लागु गरिएको इन्जिनियरिङ्ग सीप चाहिँ साँच्चै नै प्रशंसनीय रहेको छ।

Plane Windows are always Roundपहिले विमानको झ्याल गोलाकार बनाइन्थेन- विमान आविष्कारको प्रारम्भिक दिनहरूमा हाम्रो घरको चौकोसे झ्यालजस्तै चारपाटे हुने गर्थ्यो। तथापी, समयअनुसार अत्याधुनिक विमानहरू धेरै उचाइमा उड्ने खालको बनाइयो। किनभने तल्लो वायुमण्डलमा हावाको वेगले गर्दा घर्षण बढी हुन्छ र विमान उड्नमा गाह्रो हुने गर्छ, साथै बढी उचाइमा उडाउदा इन्धनको खपत पनि कम हुन्छ। उचाइमा उडाउँदा बाहिरी वायुमण्डलको चाप विमान भित्रको भन्दा न्युन हुन्छ। जसको कारण भित्री र बाहिरी चाप नियन्त्रण गर्न जरूरी हुन्छ। बाहिरी वायुमण्डल र भित्री वायुमण्डलको बिचमा हुन्छ विमानको गोलाकार ‘बडी’ (विमानको आवरण वा क्याविन)।

क्याबिनभित्रको दवावलाई राम्रोसँग नियन्त्रण गर्नको लागि क्याविनको आकार सिलिण्ड्रिकल हुनुपर्दछ। भित्रको चाप बढ्न थालेपछि बाहिरको हावाको दवाव र भित्रको हावाको दवावमा भिन्नता आउँदछ। जसले गर्दा विमानको बडी थोरै मात्रामा फुल्दछ, र विमानको बडीमा निकै दबाब पर्छ। यसैमा झ्यालको आकारले महत्वपूर्ण भूमिका खेल्दछ।

पूर्णरूपले गोलो सिलिण्डरभित्र, सहजताका साथ दबाब प्रवाह हुन्छ। तर त्यो प्रवाहमा झ्यालले बाधा पुर्याउँदछ। चारपाटे झ्यालको कुनामा विमान बाहिर र भित्रको वायुमण्डलीय चापको कारण दबाब थुप्रेर विमान नै फुट्ने सम्भावना हुन जान्छ। तर यदि झ्याल गोलो छ भने, दबाबको समान प्रवाहमा कुनै असर पुग्दैन, र विमानको कुनै एक भागमा चापको बल थुप्रेर बस्दैन, चापमा नियन्त्रण हुन्छ अनि विमान फुट्ने, पड्कने डर हुदैन।

दुर्भाग्यवश, दुईवटा विमानको दुर्घटनापछि मात्रै इन्जिनियरहरूले चारपाटे झ्यालबाट आउने समस्यालाई बुझ्नेका थिए। त्यसपछिका सबै विमानहरूमा गोलो झ्यालको प्रयोग गरियो र अहिलेसम्म पनि यस्तै राखिएको छ। विमानभित्रका अन्य ढोकाहरूमा पनि ठ्याक्कै यस्तै सिद्धान्त लागू हुन्छ।

यो भयो विमानको झ्यालको रोचक इन्जिनियरिङ्ग तथ्य। अब यदि तपाईँ विमानबाट कतै यात्रा गर्दै हुनुहुन्छ र तपाईँको छेउमा कोहि अञ्जान व्यक्ति बसेको छ भने उसलाई यो तथ्य सुनाएर चकित पार्न सक्नुहुन्छ।

यो पनि हेर्नुहोस्-
विमान दुर्घटना हुँदा समेत बँच्न सकिने प्रविधी (भिडियो सहित)
मलेसिया जान लागेको विमान अष्ट्रेलिया उड्यो, पाइलट तिन छक्क
विमानमा बमको खतरा टार्ने अनुसन्धान सफल