१३ बैशाख, काठमाडौं ।

निरन्तर भूकम्पका ठूला झट्का महसुस गरिएपछि नेपालको एक मात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल केही बेरका लागि बन्द गरिएको छ । विमानस्थलमा समेत सेवा प्रभावित हुने अवस्था आएपछि उडान र अवतरण केही समयका लागि स्थगित भएको विमानस्थल नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।यद्यपी रनवेमा चेकजाँचपछि विमानस्थल सुचारु गरिहाल्ने जानकारी अधिकारीहरुले दिएका छन् ।

tribhuwan intl airport

यसैबीच विमानस्थल बन्द हुँदा अन्तराष्ट्रियरुपमा भैरहेको राहत कार्य समेत प्रभावित भएको छ ।

काठमाडौंका विभिन्न स्थानमा सडकमार्ग समेत भूकम्पका कारण प्रभावित भएका भएपनि अन्तराष्ट्रिय विमानस्थल भने त्यति प्रभावित भएको छैन ।