२९ मंसिर, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीले संविधानका विवादित विषयमा जनमत संग्रहबाट टुङ्गो लगाउनु उचित हुने बताएका छन् ।

संविधान संसोधन परिमार्जन हुन सक्छ, फिर्ता हुँदैन – प्रचण्ड

उनले विवादित विषयहरु जनताको राय लिनुपर्ने भन्दै जनमतसंग्रहमा जाँदा नै उत्तम हुने नयाँ धारणा अघि सारेका हुन् ।

Dil Nath Giri RPPN

यस अघि केही मधेशी मोर्चका नेताहरुले पनि जनमत संग्रहको प्रस्ताव गरिरहेको समयमा राप्रपाबाट पनि यस्तो प्रस्ताव आएको हो ।

राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता गिरीले तीन दलवीच स्थानीय निकायको निर्वाचन गर्ने सहमति स्वागतयोग्य रहेको भन्दै यसलाई आफ्नो पार्टीले समर्थन गर्ने बताए ।
गिरीले ठूला दलहरुलाई ढिलो बुद्धि आएको उल्लेख गर्दै भने,‘निर्वाचन हुनुपर्छ भनेर हाम्रो पार्टीले त सुरुदेखि नै भनेको छ, १८ वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन छ, यसले लोकतन्त्रको खिल्ली उडाएको छ, चुनाव भएन भने कसरी प्रजातन्त्र बलियो हुन्छ? ।’

चीनका सबैभन्दा धनी ब्यवसायीको ट्रम्पलाई चेतावनी- आक्रामक नबन

गिरीले आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव गर्नुपर्ने संवैधानिक बाध्यतालाई सबै दलहरुले गम्भिर रुपमा लिनुपर्ने धारणा राखे । उनले भने,‘निर्धारित मितिमै तीन वटै निकायको चुनाव भएन भने दलहरु असफल हुन्छन्, यो व्यवस्था नै असफल हुन्छ ।’

उनले आफ्नो पार्टी सत्तारुढ दल भएपनि संविधान संशोधन गर्ने विषयमा कुनै छलफल नगरिएको गुनासो पोख्दै भने,‘प्रस्ताव ल्याउने बेलामा हामीसँग कुनै छलफल गरिएन, अनि यो प्रस्तावबारे स्वयम मधेशवादी दलहरु नै असन्तुष्ट छन्, प्रमुख प्रतिपक्षी दल एमालेले विरोधमा संसद अवरुद्ध गरिरहेको छ, यो प्रस्ताव बास्तवमा कसको लागि ल्याईएको हो ? हामीलाई त आश्चर्य लागेको छ ।’