३ फागुन, काठमाडौं । नायिका रीश्मा गुरुङले विवाह गरेकी छन् । उनले शुक्रबार पोखरामा प्रेमी सन्दीप गुरुङसँग विवाहबन्धनमा बाधिएका हुन् ।

रीश्माको बिहेमा चलचित्रकर्मीको उपस्थिती थिएन । रीश्माले केही समयअघिको एक अन्तर्वार्तामा चलचित्र क्षेत्र छाड्ने संकेत गरेकी थिइन् ।

चलचित्र कबड्डीको तीनवटै चलचित्रमा काम गरेकी उनी अहिले ‘कबड्डी ४’मा काम गर्दैछिन् । उनले चलचित्र ‘झुम्की’मा पनि काम गरेकी थिइन् ।