अधिकाँश मानिसलाई ठूला ठूला कुरा हेर्ने रहर हुन्छ । ठूला जनावर, ठूला भूभाग, ठूला ठूला महल र ठूलो सफलता । यस्तै ठूला दृष्य हेर्न मन पराउनेहरुका लागि विविसीको विविसी अर्थले पृथ्विका १० अदभुत तस्विर प्रकाशित गरेको छ । यी तस्विरमा एक तस्विर विश्वको सर्वोच्च शिखर सगरमाथाको पनि छ ।
१ ग्रिन नर्दन लाइट्स

यो तस्विर इटालीका फोटोग्राफर गियानमार्को विचीले लिएका हुन् । आइसल्याण्डको शहर होफ्नमा ग्रिन नर्दन लाइट्सको यो तस्विर विविसी अर्थले शीर्ष स्थानमा राखेको छ ।

Iceland Northan Lights
२ भाटनायोकुल ग्लेशियर

Greenland Icesheet

यो तस्विर पनि गियानमार्को विचीले नै खिचेका हुने । यो तस्विर भाटनायोकुल ग्लेशियरको हो । यो आयसल्याण्डको सबैभन्दा ठूलो हिमनदी क्षेत्र हो । त्यति मात्र नभएर यो सम्पूर्ण युरोपकै सबैभन्दा ठूलो हिमनदी हो ।

 

३ ग्रिनल्याण्ड आइसशीट

Iceland Watnayokul Glacier

यो तस्विर ग्रिनल्याण्ड आइसशीटको हो । तस्विर लिने फोटोग्राफर हुन् जोसेफ कुक । यहाँको बरफको स्तर दिन दिनै नाटकीयरुपमा बढ्ने गर्छ । कहिलेकाँहि त ठूला ठूला ताल समेत केही दिनमा गायव हुन्छन् ।

 

४ विश्वको शिर सर्वोच्च शिखर सगरमाथा

Mt Everest Kuntal Joysharयो तस्विर विश्वको शिर सर्वोच्च शिखर सगरमाथाको हो । नेपालमा भूकम्प जानु भन्दा १ दिन अघि बैशाख ११ मा लिइएको यो सगरमाथाको तस्विर फोटोग्राफीको शोख भएका कुन्तल जोयशरले लिएका हुन् । कम्प्युटर साइन्टिष्ट भएपनि उनको शोख पर्वतारोहण हो । उनीहरु भूकम्पमा गएको हिमपहिरोका कारण पाल विनाश भएपनि सकुशल फर्केका थिए ।

 

५ काजकिस्थान घाटी

Kajakisthan Ghati

तस्विर काजकिस्थानको घाटीको तस्विर हो । यसका फोटोग्राफर हुन् ज्याकरी कोफरान । यहाँका चट्टान संसारभरी प्रसिद्ध छन् । साना साना देखि ठूला गाडि जत्रो आकारका यहाँ चट्टान हेर्न पर्यटकहरु यहाँ पुग्ने गर्छन् ।

 

६ आकाश गंगा

Kajakisthan Milky Way

यो तस्विर काजकिस्थानबाट देखिएको आकाश गंगाको हो । तस्विर लिने ब्यक्ति चाँहि ज्याकरी कोपरान नै हुन् ।

 

७ दक्षिण अफ्रिकामा पाइने डल्फिन

South Afrika Dolphin

यो तस्विर दक्षिण अफ्रिकामा पाइने डल्फिनको हो । तस्विर अन्ना फिलिप्सले लिएकी हुन् । बेलायतकी चर्चित फोटोग्राफर अन्नाले दक्षिण अफ्रिकाको ग्यानसबाइमा यो तस्विर लिएकी थिइन् ।

 

८ बरमुडा ट्रायङ्गल भिमकाय व्हेल

Burmuda Triangle Whale Britching

बरमुडा ट्रायङ्गलको समुन्द्री तटमा लिइएको भिमकाय व्हेल माछाको तस्विर । यो तस्विर पियरांगलो लानफ्रान्चीले लिएका हुन् ।

 

९ मेक्सिको व्हेल

मेक्सिको व्हेलको यो तस्विर म्याट कार्टरले लिएका हुन् । उनले अमेरिकाको क्यालीफोर्नियास्थित समुन्द्री तटमा यो ह्वेलको तस्विर खिचेका थिए ।

Mexico Whale
१० व्हेल ब्रिचिङ
मेक्सिकोमा लिइएको व्हेल ब्रिचिङको यो तस्विर पनि म्याट कार्टरले नै लिएका हु्न । मानिसहरु खुसीले पागल भएको दृष्य कैद गर्दा रमाइलो लागेको उनले बताएका छन् ।

Mexico Whale 1

सबै तस्विर र विवरण विविसी अनलाइन संस्करणको विविसी अर्थ सेक्सनबाट लिइएको होः नेपाली हेडलाइन्स ।