२६ माघ, काठमाडौं ।

नेपाली कांग्रेसभित्र त्यागी र सादगी नेताको रुपमा आफूलाई चिनाउन सफल पूर्वप्रधानमन्त्री एवं सभापति सुशील कोइरालाको निधनले सबैलाई स्तब्ध तुल्याएको छ । कोइरालाको निधनले नेपालमा मात्र होइन भारतीय मिडियामा पनि चर्चा पाइरहेको छ ।

यसबीच विविसी हिन्दी सेवाको अनलाइन संस्करणले सुशील कोइरालाको जीवनीबारे चर्चा गर्दै उनले भारतको जेलमा ३ वर्ष विताएको घटनाको चर्चा गरेको छ ।

Koirala on BBC Hindi

Koirala on BBC Hindi 1 विविसी हिन्दीले कोइरालाको जन्म सन् १९३९ को अगष्ट १२ मा भारतको बनारसमा भएको दावी गरेको छ । यद्यपी नेपालमा भने कोइरालाको जन्म सन् १९३९ मा बिराटनगरमा भएको रेकर्ड छ ।

Koirala on BBC Hindi 2

विविसीको फिचरमा नेपालमा चलिरहेको सरकार विरोधी आन्दोलनका क्रममा विमान अहपहरणमा संलग्न भएको समेत लेखेको छ । सोही विमान अपहरण काण्डमा सुशील कोइरालालाई भारतमा ३ वर्ष सम्म जेल सजाय भएको र उनले भारतीय जेलमा उक्त समय विताएको पनि फिचरमा उल्लेख गरिएको छ ।

कोइरालालाई श्रद्धाञ्जली दिन सुष्मा स्वराज काठमाडौं आउने

मध्यरातमा यसरी भयो कोइरालाको निधनः अस्पताल पनि लैजान पाइएन !

कोइरालाको निधनमा नरेन्द्र मोदीका भावुक २ ट्वीट

कोइरालाका अन्तिम २ शब्द–‘मैले बुझिसकें’