अनिल यादव, वरिष्ठ पत्रकार
२४ मंसिर, सोनौली सीमा ।

भारत सरकारले बारम्बार जोड दिएर भन्दै आएको छ कि नेपालमाथि नाकाबन्दी लगाइएको छैन । तर नेपालमा ग्यास, पेट्रोल र दवाइ जस्ता दैनिकरुपमा नै अत्यावश्यकीय बस्तुको समेत संकट परिरहेको छ ।

विविसी हिन्दीको मूल फिचर हेर्न यहाँ क्लिक गर्नुस्

सुनौली सीमा नाकामा उँभिएपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले कनि कनि दिएको बयानको निहितार्थ छर्लङ्ग देखिन्छ ।

BBC headline on Sunauli Naka

खासमा यो नियन्त्रित नाकाबन्दी हो । यसको रिमोट कन्ट्रोल कुनै अज्ञात हातमा छ । यहाँ भने त्यही नाममा निक्कै चलखेल भैरहेको छ । विदेशमन्त्री स्वराजले संसदमा नेपाल जाने ट्रक मधेशी आन्दोलनकारीले रोकेको दावी गरेकी थिइन् ।

सुनौली नाकामा कुनै आन्दोलन छैन । तर पनि २-३ दिनमा निर्धारित संख्यामा ट्रक नेपाल जान दिइन्छ । १४ किलोमिटर लामो लाम नौतुना भन्दा पनि अगाडी पुगेको छ जवकी अन्य सवारीलाई आउन जान कुनै रोकतोक छैन ।

दिल्ली दौडपछि मोर्चाको अवको रणनीति !

तर ट्रकलाइ चाँहि किन प्रतिबन्ध? यही मात्र प्रश्न होइन हरेक प्रश्नको जवाफमा भन्सार तथा सशस्त्र सुरक्षा बलका अधिकारी भन्छन्, ‘माथिको आदेश छ’ ।

माथि कस्को आदेश? यो प्रश्नको जवाफमा उनीहरु भन्छन्, ‘के तपाइँलाई साँच्चिकै यो थाहा छैन? नेपालका ५ वर्षका बच्चा समेत यो कुराको विषयमा जानकार छन्’ ।

तर नेपाल तर्फ गएर यही प्रश्न सोध्यो भने आक्रोशित प्रश्न आउँछ, ‘कस्तो छिमेकी हो तपाइँ ?’ मानौ कि पत्रकार भारत सरकारकै प्रतिनिधी हो ।

पेरिसडाँडाँमा खुलासाः दिल्ली योजनामा बाबुराम मुख्य शुत्राधार !

उनीहरु अगाडी भन्छन्, ‘हाम्रो संविधान बन्न पाएको छैन, तपाइँहरु संसोधनको दवाव दिने । हामीले भनेको मानेनौं भने हाम्रो खाना पिना नै रोख्ने ?

भन्सार अधिकारीकारीहरुको दावी छ कि उनीहरु प्रत्येक दिन १०० ट्रकलाई जाँच पछि नेपाल जान दिन्छन् । तर कुन ट्रक जान दिने भन्ने विषयमा स्थानीय अधिकारीहरुको ठूलो हात रहन्छ ।

माहाराजगञ्ज जिल्लाको कोल्हुइ र नौतुना मा इण्डियन आयल कर्पोरेशन तथा नेपाल आयल कर्पोरेशनको एलपिजी ट्याङ्करलाई ट्रकको मुख्य लामबाट बाहिर निकालेर राखिएको छ ।
औषधी भएका ट्रकलाई प्राथमकिता दिइन्छ तर पेट्रोल, डिजल र ग्यास भएका ट्याङ्कर र बुलेटलाई भने पुलिसले जान दिँदैन । तर बाइक र कार भएका ट्रक भने सजिलै नेपाल जान्छन् ।

नेपालमा सबैभन्दा बढी तनाव इन्धनले गर्दा भएको छ । ट्रकको लाइनमा तमाशा हेर्न आएकाहरु पनि भन्छन् यो भारतले नेपालमा हिँड्न डुल्न समेत बन्द गरेर बाध्य गराउने रणनीति हो ।

ड्राइभरहरु भन्छन् दुई महिनामा पालो आएको ट्रक नेपाल छिराउन पनि पुलिसले पैसा माग्छ ।

पैसाको रेट पनि सामान्य ट्रक लाई ३००, ठूलो ट्रक ५०० रुपैयाँ मागिन्छ । ठुला ट्रकले एक रात त्यहाँ बस्दा १३ हजार भन्दा बढी नोक्शानी ब्यहोर्छन् । अहिले सुनौली सीमा क्षेत्रमा नेपालको करिव २० अर्व बराबरको सामान फसिरहेको छ ।

नेपालका ब्यापारीहरु भारतीय कारखानामा सामान अर्डर रद्ध गरिरहेका छन् । किन भने उनीहरुलाई नाकाबन्दी कहिले खुल्छ निश्चित छैन ।

घुससम्बन्धी आरोपबारे प्रश्नमा प्रहरीको भनाई छ, हामीलाई त्यसै बदनाम गरिंदैछ, केन्द्र र उत्तर प्रदेशका मन्त्री तथा ठूला नेताहरुले आफ्ना खास उद्योगपतिहरुको ट्रक जान दिनुस् भनेर हाम्रा अधिकारीहरुलाई फोन गर्ने गरेका छन, हामी अधिकारीहरुको आदेशमा ती ट्रकहरुलाई लामबाट निकालेर जान दिन्छौँ अनि हामीमाथि आरोप लगाउँछन।

विविसी हिन्दीको सामग्री सम्पादित ।