१६ चैत, काठमाडौं ।

विश्वकपको सेमी फाइनलमा पराजित भएर घर फर्किएको भारतीय क्रिकेट टिमलाई स्वदेश फर्किए लगत्तै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको पछिल्लो र्‍याङ्किङले अर्को पीडादायी झट्का दिएको छ ।

India vs Aus

अष्ट्रेलिया ५ औं पटक विश्व च्याम्पियन बन्दैगर्दा भारतमा भने क्रिकेटरहरुको पुत्ला जलाइँदै थियो ।

विश्वकप सकिए लगत्त आइसीसीले एकदिबसीय ड्रिम टिम घोषणा गरेको छ । यो टिममा उपविजेता न्यूजिल्याण्डका ४ क्रिकेटर परेका छन् भने विश्व च्याम्पियन अष्ट्रेलियाका ३ खेलाडी मात्र परेका छन् । यो टिममा दक्षिण अफ्रिकाका २ खेलाडी परेका छन् तर १२ सदस्यीय यो टिममा भारतका एक खेलाडी पनि परेका छैनन् ।

सन्यास घोषणा गरिसकेका श्रीलंकाली ब्याट्सम्यान कुमार संगाकारा यो टिममा छन् भने न्यूजिल्याण्डका कप्तान ब्रेन्डेन म्याकलम पनि यो टिममा परेका छन् ।

विश्वकपमा प्रदर्शनका आधारमा खेलाडी चयन गरिएको बताइएको छ ।

भारतले विश्वकपमा निरन्तर ७ खेल जितेपनि सेमीफाइनलमा अष्ट्रेलियासँग लज्जाजनक पराजय भोगेको थियो ।

यो पनि हेर्नुस्

अष्ट्रेलियासँग भारत पराजित हुनुका ८ मुख्य कारण