१५ चैत, काठमाडौं ।

विश्वकप क्रिकेटको फाइनल खेल जारी छ । विश्वकप कुन देशले लैजान्छ भन्ने स्पष्ट हुन बाँकि नै छ । तर यसैबीच ट्रफी हस्तान्तरण गर्ने विषयमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीमा विवाद भएको छ ।

world cup 2015

अन्तराष्ट्रिय क्रिकेट काउन्सिलका अध्यक्ष मुस्तफा कमाल विश्वकप क्रिकेटको विजेता टिमलाई ट्रफी हस्तान्तरण गर्नबाट बन्चित हुने भएका छन् । भारत र बंगलादेशबीचको क्वार्टर फाइनलका विषयमा विवादास्पद टिप्पणी गरेका कारण उनलाई आइसीसीका चेयर पर्सन एन श्रीनिवासनले ट्रफी दिनबाट रोक्नो खोजेको सञ्चार माध्यमले जनाएका छन् ।

ICC Controversy

परंपरा अनुसार आइसीसीका अध्यक्षले विश्वकपको ट्रफी विजेता टिमलाई हस्तान्तरण गर्ने चलन छ । बंगलादेशसँगको खेलपछि मुस्ताफाले भारतलाई विश्वकप जिताउने षडयन्त्र भैरहेको आरोप लगाएका थिए । चेयर पर्सन श्रीनिवाशनले आइसीसीको आचार संहिता तोडेको भन्दै मुस्ताफालाई ट्रफी दिनबाट रोक्न खोजेको बताइएको छ । विवाद नसल्टिए विश्वकप क्रिकेटको अन्तिम समारोहमा अधिकारीहरुबीच विवाद हुने संकेत देखिएको छ ।

विजेता टीमलाई आफै ट्रफी दिने तयारी समेत उनले गरेका छन् ।