५ जेठ, काठमाडौं ।

आगामी जुन १० (२८ जेठ)देखि युरोपका देशहरुको फुटबल प्रतियोगिता फ्रान्समा सुरु हुँदैछ । विश्वभर तहल्का मच्चाउने युरोकपमा यसपटक २४ वटा देशले भाग लिंदैछन् ।

माउन्ट एभरेष्ट होइन विश्वको सर्वोच्च शिखर – अन्तराष्ट्रिय मिडिया

६ वटा समूह प्रत्येकमा चारचारवटा टोलीले लिग चरणमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो खेलमा आयोजक फ्रान्स र रोमानिया भिड्नेछन् ।

गु्रप ए
फ्रान्स, रोमानिया, स्वीटजरल्याण्ड, अल्बानिया

ग्रुप बी
इङल्याण्ड, रसिया, वेल्स, स्लोभाकिया

गु्रप सी
जर्मनी, पोल्याण्ड, नर्थन आयरल्याण्ड र युक्रेन

गु्रप डी
स्पेन, चेक रिपब्लिक, टर्की, क्रोयशिया

गु्रप इ
इटाली, स्वीडेन, रिपब्लिक आयरल्याण्ड, बेल्जियम

ग्रुप एफ
पोर्चुगल, अष्ट्रिया, हंगेरी, आइसल्याण्ड

Euro Cup shedule

ग्रुप अफ डेथमा को ?
यसपटक ग्रुप डी इलाई निक्कै प्रतिस्पर्धी टोलीको टिम मानिएको छ । डीमा रहेका स्पेन, चेक रिपपब्लिक र टर्कीलाई मुख्य गु्रप अफ डेथ मानिएको छ । तर, ग्रुप इमा इटाली, स्वीडेन, बेल्जियम र रिपब्लिक आयरल्याण्ड छन् । किनकी इटाली यस अघि तीनपटक विश्वकपको विजेता भइसकेको छ । बेल्जियम फिफा र्याकिंगनमा अगाडि छ । स्वीडेनलाई फ्रान्सको लिगमा तहल्का मच्चाएका ज्लाटन इब्राहिमोभिकको साथ छ ।

स्पेनको टिममा परेनन टोरेस र कोस्टा
एथलेटिको म्याड्रिडबाट खेल्ने फर्नान्डो टोरेस र चेल्सीबाट खेल्ने डिएयो कोस्टा यसपटक स्पनबाट युरोकपको प्रारम्भिक टोलीमा परेकका छैनन् । भिसेन्ट डेल बोस्कयुले मंगलबार टिम घोषणा गर्दा लिग फुटबलमा निक्कै राम्रो खेले पनि उनको रोजाइमा पर्न सकेनन् । डिफेन्डिंग च्याम्पियन टोलीका प्रशिक्षक उनले अधिकांश युवा टोलीलाई साथ लिएका छन् ।

रोनाल्डोको समूह सजिलो
विश्वफुटबलमा पछिल्ला केही वर्ष मेसीसँगै उत्कृष्ट खेलाडीको होडबाजी गरिरहेका क्रिश्चियानो रोनाल्डोको टिम पोर्चुगल भने सजिलो समूहमा परेका छ । समूह एफमा पोर्चुगलले हंगेरी, अष्टिया र आइसल्याण्डको सामना गर्नेछ । यो समूहमा विश्वयुद्धको दुश्मन देश हंगेरी र अष्टियाबीचको खेल पनि रोचक हुने मानिएको छ ।

विश्वविजेता जर्मनी पनि सजिलै समूहमा
अर्जेन्टिनालाई अन्तिमतिर गोल गर्दै २०१४ मा विश्वकप फुटबलको उपाधि उचालेको जर्मनी पनि सजिलै समूहमा छ । सी समूहका अन्य टोलीमा पोल्याण्ड, नर्थन आइरल्याण्ड र युक्रेन छन् । जर्मनीको दम्भ अगाडि यी टोलीले टक्कर दिन सक्ने आँकलन गरिएको छैन ।