केन्डल जेनर देखि कारा डेलिभिग्ना सबै नयाँ पुस्ताका सुपरमोडलहरुले फेशन दुनियामा आफनो पहिचान बनाइसकेका छन्। उनीहरुका मिलेका अनुहार र सर्प जस्तो शरिरमात्र चर्चाको विषय बन्दैनन्, यिनका प्रस्तुति अनि इन्टरनेटको चर्चा पनि विषय बन्छन्। यी मोडलहरु विषेशतः आफ्नो इन्स्टाग्राम एकाउन्टबाट सबैका माझ छाएका छन। व्यायाम गरेको, पकाएको देखि आफ्ना व्यक्तिगत तस्बिरहरु पनि इन्स्टाग्राममा राख्ने गर्छन् मोडलहरु। यी सात मोडलहरु जो विश्वको फेशन र ब्युटी वर्ल्डमा आफ्नो पहिचान बनाएका छन्, हेर्नुहोस् को को छन्!

गिगी हडिड

Gigi HadidGigi Hadid 2यी मोडलले आफ्नो करिअरको सुरुवात न्युयोर्क फेसन विकमा पहिलो पटक क्याटवाक गरि सुरु गरेकी थिइन। केही फेसनका पत्रिका तथा वेवसाइटहरुको मुख्य पेजमै आफ्नो तस्बिर प्रकाशित गरि एक सफल मोडलको रुपमा पहिचान बनाएकी छिन गिगीले।

कार्ली क्लोस

Karlie KlossKarlie Kloss 2सायदै कुनै यस्तो ब्राण्ड छ होला जसमा यी २२ वर्षिया मोडलले क्याटवाक नगरेको होस। उनी अमेरिका, ब्रिटेन र जापानका फेसन म्यागजिनको कभर बाहेक सन् २०१३ र २०१५ को बिचमा भिक्टोरियाको ‘सेक्रेट एन्जल’ रहिन।

कारा डेलिभिग्ना

Cara DelevingneCara Delevingne 2१० वर्षको उमेरबाटै ‘भोग’ पत्रिकाको इटाली संस्करणको लागि पोज गर्न सकिसकेकी थिइन काराले। २२ वर्षकी यी मोडल केही ठुला फेसन प्रोजेक्टमा काम गरिसकेकी छिन।

जोन स्मल्स

Joan SmallsJoan Smalls 2केही समय अगाडी मात्र पोर्टर म्यागजिनमा पहिलो रंगिन तस्बिरमा आइन यी मोडल। फोर्ब्स म्यागजिनले आठ पटक यी मोडललाइ सबैभन्दा बढी कमाउने मोडलको लिस्टमा पनि राखेको थियो।

जौर्डान डुन

Jourdan DunnJourdan Dunn  2
यी २४ वर्षिया ब्रिटिश सुपर मोडल फोर्ब्सको बढी कमाउने मोडलको लिस्टमा आइसकेकी छिन। सन् २०१४ मा उनको अनुमानित कमाइ करिब ४ मिलियन डलर थियो।

लिन्डसे विक्सन

Lindsey WixsonLindsey Wixson 2
१३ वर्षको उमेरबाट मोडल बन्ने सोचेकी उनलाइ ‘भोग इटालिया’ को लागि कभर तस्बिरमा देखिन कुनै गाह्रो भएन। त्यस पश्चात विभिन्न फेसन म्यागजिनको कभरमा उनको तस्बिर प्रकाशित भइसकेको छ।

केन्डल जेनर

Kendall Jenner

Kendall Jenner 2

सोसल मिडिया मोडलको रुपमा परिचत केन्डल ‘कार्दसियन’ परिवारकी एक सदस्य पनि हुन। आज केन्डलको मोडलिङ दुनियाँमा निकै नाम छ।

यो पनि पढ्नुहोस्।
गुडिया जस्ती एन्जेलिका (फोटो फिचर)
मिस इण्डिया २०१२ का २० प्रतिस्पर्धी (फोटो फिचर)