सुनको मुल्य लगातार झर्दै छ। महंगो धातु भएको कारण सुनको माग पनि बढ्दो छ। व्यक्ति देखि देशले पनि आफ्नो सम्पत्तिको हिस्सा सुनको रुपमा सुरक्षित राख्ने गर्छन। तर यो सुनेर औनोठो लाग्ला कि विश्वका महंगो धातुमा सुन पर्दैन। विश्वमा त्यस्ता धातु छन्, जसको नाम कम सुनिन्छन् तर निकै महंगो हुन्छन्। त्यस्तैमा एक धातु हो, ‘एन्टीम्याटर’। एन्टीम्याटरको एक ग्रामको मुल्य करिब ६.२५ लाख करोड डलर पर्न आउँछ।anti hydrogen

के हो एन्टीम्याटर

वैज्ञानिकहरुको अनुसार, एन्टीम्यार एक पदार्थ हो जसको अणु भित्र हेरक चीज उल्टो हुन्छ। सबै पदार्थ अणु (atom) मिली बनेको हुन्छ‍। प्रत्येक अणु भित्र इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन हुन्छ। सामान्य अणुमा ‘पोजेटिभि’ चार्जको न्युक्लियस र नेगेटिभ चार्जको इलेक्ट्रोन हुन्छ। तर एन्टीम्याटरको न्युक्लियस नेगेटिभ चार्ज को र इलेक्ट्रोन पोजेटिभ चार्जको हुन्छ। यसलाई इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ।

एन्टीम्याटरको शक्ति

सैद्धान्तिक तवरमा करिब आधा किलो एन्टीम्याटर, संसारकै सबैभन्दा ठुलो हाइड्रोजन बम भन्दा बढी शक्तिशाली हुन्छ। तर यसबाट उपयोगी उर्जा प्राप्त गर्न निकै ठुलो मात्रामा एन्टीम्याटर आवश्यक पर्छ। नाशाको प्रवक्ताको अनुसार १ मिलीग्राम एन्टीम्याटर बनाउन करिब ४०० लाख रुपैयाको आवश्यक पर्छ। अनुसन्धान गर्नको निमित्त १ मिलीग्राम पर्याप्त हुन्छ तर यसको व्यावसातिक उपयोग गर्नको लागि भने निकै खर्च लाग्ने हुन्छ।

कहाँ बाट आउँछ एन्टीम्याटर

एन्टीम्याटरलाई काल्पनिक तत्वको रुपमा बुझिदै आएको छ। बिसौं सताब्दीमा यसको खोज गरिएको थियो। अन्तरिक्षमा पनि सानो सानो टुक्रामा एन्टीम्याटर हुने गर्छ। सामान्य पर्दाथमा प्रोटोन, इलेक्ट्रोन र न्युट्रोन हुन्छ। त्यसरी नै एन्टीम्याटरमा एन्टीप्रोटोन, एन्टीइलेक्ट्रोन र एन्टीन्युट्रोन हु्छ। एन्टीम्याटरलाई प्रयोगशालामा बनाउँदा वैज्ञानिकहरुले अन्य पदार्थसंग मिसाएर थोरै परिवर्तन गर्ने गर्छन्। ताकि यसको प्रयोग इन्धनको रुपमा मात्र गरियोस। यो अन्तरिक्ष यानको इन्धन र परमाणु हतियार बनाउनको लागि पनि प्रयोगमा ल्याउन सकिने हुन्छ।

के छ विशेषता

१ ग्राम एन्टीम्याटर बेचेर विश्वका करिब १०० वटा साना देशहरु किन्न सकिन्छ। १ ग्रामको करिब ६.२५ लाख करोड डलर पर्न आउँछ। यसरी हेर्दा एन्टीम्याटर संसारकै सबैभन्दा महंगो धातु हुन आउँछ। एन्टीम्याटर जहाँ बनाइन्छ त्यहाँ संसारकै सबैभन्दा कडा सुरक्षाको व्यवस्था हुन्छ। सुरक्षा घेरा निकै कडा हुन्छ। केही खास व्यक्ति बाहेक एन्टीम्याटरसम्म अन्य पु्ग्न सक्दैनन्।

किन महंगो हुन्छ एन्टीम्याटर

एन्टीम्याटर बनाउन प्रयोग हुने प्रविधि निकै महंगो छ। १ मिलीग्राम एन्टीम्याटर बनाउन करिब ४०० लाख रुपैया लाग्छ। परमाणु हतियार, मेडिकल इमेजिंग, अन्तरिक्ष यानको इन्धन आदि कार्यमा एन्टीम्याटर प्रयोग हुन्छ।

प्रकृतिमा एन्टीम्याटर

सौर्य प्रणाली भन्दा बाहिरबाट आउने धेरै शक्ति भएका विकिरणहरुले गर्दा विभिन्न थरीका एन्टीम्याटर बन्छन। सन् २०११ जनवरीमा अमेरिकन एस्ट्रोनोमिकर सोसाइटीले गरेको एक अनुसन्धानमा चट्याङ पार्ने बादलको माथी यस्ता एन्टीम्याटर बन्ने थाह भएको थियो। पर्याप्त तापक्रम भए जुनसुकै वातावरणमा पनि एन्टीम्याटर पैदा हुन्छ।