तपाईँले अझसम्म सबैभन्दा महङ्गो के किन्नुभएको छ? तपाईँलाई त्यो कुरा महङ्गो लाग्न सक्छ तर अब देखाउन लागेको कुराहरूको मूल्य सुन्नुभयो भने झन् के भन्नुहोला?

यो संसारमा पैसाले सबै कुरा किन्न सकिन्छ, यो कुरामा कुनै दुविधा छैन केही आत्मिक चिज बाहेक। तर कुनै कुरा किन्दा यति धेरै रकम चुकाउनुपर्छ कि कस्ता-कस्ता मानिसहरू पनि पछि हट्छन्। यस्ता कुराहरू यसको बेजोड डिजाइनको लागि नै महङ्गो हुने गर्दछ। अब हेर्नुहोस् विश्वका ५ महङ्गो कुराहरू-

१. बाघको आकारको डाइमण्डको ब्रेसलेट

1. diamond bracelet

यो ग्रहको सबैभन्दा महङ्गो ब्रेसलेट नै यहि हो। यसलाई ‘एडवार्ड ८’ को यादमा बनाइएको थियो। यसको मूल्य रू १२६.९८ करोड रहेको छ। यसमा समावेश गरिएको पत्थर नै यसको सबैभन्दा मूल्यवान चिज हो, र यसको लम्बाई १९५ मिलिमिटर रहेको छ।

२. सुनले पोतिएको बुगाटि

2. gold plated bugatti

लण्डनको यो बुगाटि कार पुरै सुनले लेपन गरेको छ। यो कारको गतिको कुरा गर्दा, यो २.८ सेकेण्डमा १०० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्छ। यसको मूल्य भने रू १०२.६ करोड रहेको छ।

३. रत्न जडान गरिएको घडी

3. 201 carat watch

यो घडीमा २०१ क्यारेटको रत्न जडान गरिएको छ र यसलाई टाढाबाट हेर्यो भने ठ्याक्कै हीरा जस्तो देखिन्छ। यसको मूल्य रू २५६ करोड रहेको छ। यसभित्र ३ वटा ठूला हीरा पनि राखिएको छ जसको आकार मुटुको जस्तो रहेको छ।

४. फरारी जिटिओ २५०

4. ferrari gto 250

सन् १९६३मा लन्च गरेको यो फरारी जिटिओ २५० कारको त कुरा नै सानदार छ। दुनियाको सबैभन्दा भिन्टेज कारमा यो कार पनि सामिल छ। सबैभन्दा पहिला यो कार जस्ले किनेको थियो, उसले आफ्नो नाम गोप्य नै राख्यो र त्यतिबेला यो कारको मूल्य त्यति महङ्गो थिएन। तर अहिले यो कारको मूल्य रू ३५८.४ करोड रहेको छ।

५. हिस्ट्रि सुप्रिम याट

5. expensive yatch

यो डुङ्गा (याट) बनाउन करिब १ लाख किलोग्राम सुन र प्लाटिनमको प्रयोग भएको थियो। यो डुङ्गा भित्र डाइनोसरको कङ्कालको संरचना पनि राखिएको छ र यसका १८ क्यारेटको हीरा पनि जडान गरिएको छ। यसको मूल्यको कुरा गर्ने हो भने, यसलाई रू ४६,०८० करोड पर्दछ। भनिन्छ ,यसलाई हेर्नको लागि मात्रै पनि धनी मानिसहरू लाखौँ खर्च गर्दछन्।

यो पनि हेर्नुहोस्-

विश्वका सर्वाधिक धनी ६ मुस्लिम राजसुन्दरी (तस्विर सहित)

सबैभन्दा बढी कमाउने विश्वका १० महिला खेलाडी (फोटो फिचर)

तपाईले कल्पना नै नगरेका विश्वका ५ टप विश्वविद्यालय (तस्विर सहित)