३ चैत, एजेन्सी । टर्कीको एक अदालतले ३ वर्षीय सिरियाली शरणार्थी बालकको मृत्युमा दोषी ठहर गर्दै तीन जनालाई सजाय सुनाएको छ ।

अदालतले यो घटनामा मानव तस्करीकाे आरोपामा उनीहरुलाई जनही १ सय २५ वर्षको जेल सजाय सुनाएको हो । टर्कीको सेनाले तिनै जनालाई यसै हप्ता पक्राउ गरेको थियो । सन् २०१५ मा टर्कीको बोडरम समुन्द्र तटमा भेटिएको ३ वर्षीय बालक एलन कुर्दीको शवको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो र सारा विश्वलाई भावुक बनाएको थियो ।

सिरियाको गृहयुद्धबाट ज्यान जोगाएर एलनका बाबुआमा बच्चासहित युरोपमा शरण लिनका लागि हिँडेका थिए । तर उनीहरु चढेको डुंगा समुन्द्रमा डुब्यो । जसमा आमा र छोराको मृत्यु भयो । बाबु अब्दुल्ला मात्रै ज्यान जोगाउन सफल भए । एलनका पिता अब्दुल्ला इराकको इरबी शहरमा बसिरहेका छन् ।