१७ वैशाख, एजेन्सी।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले उत्तर कोरियालाई नियन्त्रणमा राख्न अमेरिकासंग आग्रह गरेका छन्।

उत्तर कोरियाले शनिबार मिसाइल परीक्षण गरेपश्चात डुटेर्टेले ‘विश्व ध्वस्त गर्न लागेका’ उत्तर कोरियाली शासक किमको मुठ्ठीमा नआउन अमेरिकासंग आग्रह गरेका हुन।

विवादास्पद अभिव्यक्तिको कारण चर्चामा आइरहने फिलिपिन्सका राष्ट्रपतिले एसियाको दक्षिणपूर्वी क्षेत्र अमेरिका र उत्तर कोरियाको तनावको कारण निकै चिन्तित रहेको भन्दै एउटा गलत कदमले ‘विपत्ति’ निम्तिने र परमाणु युद्धको पहिलो सिकार एसिया हुने बताएका छन्।

मिसाइल प्रहार गर्न पाउने सम्भावनालाई लिएर उत्साही व्यक्तिसंग अमेरिका, जापान, दक्षिण कोरिया र चीनले लडाइ गरेको उनले बताए।

साउथ इन्ट एसियन नेशन (ASEAN) का अध्यक्ष समेत रहेका डुटेर्टेले शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग टेलिफोन वार्ता गर्नुअघि यस्तो बताएका हुन। साथै उनले टेलिफोनबाट ट्रम्पलाई उत्तर कोरियाली शासक किमसंग नभिड्न अनुरोध गर्ने पनि बताए।

उत्तर कोरियाले शनिबार ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । दक्षिण कोरियाली र अमेरिकी अधिकारीहरुले सो परीक्षण असफल भएको बताएका छन्।

यो पढ्नुस्:

उत्तर कोरिया संकट : अब के हुन्छ ?