१६ भदौ, वीरगंज ।
संयुक्त मधेशी मोर्चाको आन्दोलन हिंसात्मक बन्दै गएपछि बीरगन्जमा दंगाग्रस्त क्षेत्र घोषणा गरी सेनाले सुरक्षा गस्ती थालेको छ । सेना शहरको सुरक्षामा बिहानबाट बजार क्षेत्रमा खासै नदेखिएपनि मालवाहक सवारी साधनलाई स्कर्टीङ गर्न भने सहभागि भएको थियो ।

स्थानीय प्रशासनले मंगलबार दिउंसो २ बजेबाट जारी कर्फ्यु आदेशलाई निरन्तरता दिँदै सेनालाई सुरक्षामा सहयोग गर्न आग्रह गरेको थियो । सेनाले बीरगन्ज भंसारमा थन्किएका करिव ४ सय वटा मालबाहक गाडीहरुलाई स्कर्टिङ गरेर राजधानी पठाएको छ ।

police clash birgunj111

पेट्रोल, ग्यांस र खाद्यान्न बोकेका मालवाहक सवारी साधन रातीको समयमा त्यहाँबाट राजधानीका लागि छुटेका हुन् । यसअघि वीरगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै भएको प्रदर्शनमा मंगलबार प्रहरीले चलाएको गोली लागेर थप चार जनाको मृत्यु भएको थियो ।