२३ पुस, एजेन्सी।

एफए कपमा म्यानचेस्टर सिटीले वेस्टह्यामविरुद्ध सानदार जित निकालेको छ । गएराती वेस्टह्यामको मैदानमा भएको खेलमा सिटीले ५–० गोल अन्तरको जित निकालेको हो । फराकिलो जित निकाल्ने क्रममा फरक फरक चार खेलाडीले गोल गरे पनि एक खेल उपहारस्वरुप आत्मघातीबाट पायो ।john-stones-52315510

३३ औं मिनेटमा या टुइरेको गोलबाट अग्रता लिन सुरु गरेको सिटी ४१ औं मिनेटमा वेस्टह्यामका खेलाडीको आत्मघाती गोल गरे, लगत्तै सिल्भाले ४३ औं मिनेटमा गोल गर्दा सिटी तीन शुन्यले अघि रह्यो ।

दोस्रो हाफमा पनि सिटी रोकिएन । ५० औं मिनेटमा सर्जियो अगुइरो र ८४ औं मिनेटमा स्टोनले गोल गर्दा सिटीले फराकिलो जित आत्मसात गर्न पुग्यो ।