९ माघ, पाँचथर।
जनसचेतना कार्यक्रम सञ्चालन गरिएपनि वैदेशिक रोजगारीबाट फर्कनेहरूमा एचआईभी एड्स सङ्क्रमित हुने क्रम रोकिएकोे छैन ।

गत साउन यता छ महिनाको अवधिमा पाँच जनामा ‘एचआईभी पोजेटिभ’ देखिएको र उनीहरु सबै वैदेशिक रोजगारबाट फर्केकाहरु रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

एकातिर वैदेशिक रोजगारले घरबार बिग्रिने समस्या बिकराल बन्दै गइरहेको बेला प्राणघातक रोगबाट सङ्क्रमित भएर आउने युवायुवतीको सङ्ख्या पनि बढ्नुले सामाजिक असुरक्षा देखिएको छ । एक दशक अघिसम्मका जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा वर्ष भरीमा एक÷दुई जना मात्रै सङ्क्रमित थिए ।

कार्यालयका एचआईभी एड्स कार्यक्रमका संयोजक ओमप्रकाश यादवले सङ्क्रमित सबैलाई परामर्शपछि काठमाडौँ पठाइएको बताए । यादवका अनुसार सेन्टरबाट सङ्क्रमितले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दै बाँच्ने अवधि केही बढाउने खालका औषधि नियमित सेवन गरिरहेका छन् । तर दुर्गम पहाडी जिल्लामा यसरी एचआईभी सङ्क्रमित बढ्दै जाँदा वैदेशिक रोजगारीमा जाने युवायुतवीलाई यसबारे सचेनतासम्म जगाइएको पाइँदैन । रासस

यो पनि पढ्नुस्।

रङ्गेली घटनाको छानबिन गर्न मोर्चाको माग

एप्पलको नयाँ ४-इन्च फोनको नाम ‘आइफोन ५ एसइ’ राखिने

आफ्नै बच्चा झै बाँदरले कुकुरको छाउरो पाल्दै, अनौठो घटना हेर्न जम्मा हुन्छन् मान्छे