दिपक शर्मा
४ कार्तिक, सल्यान । फालावाङ्गका लोटाउनेमा आयोजित कार्यक्रममा वैद्य नेतृत्वको नेकपा माओवादीका जिल्ला सदस्य तारा बस्नेत पाटी परित्याग गरी एमाओवादीमा फर्किनु भएको छ । उनलाई एकीकृत नेकपा माओवादी मगराँत राज्य समिति सदस्य विन्दु गौतम र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हिमाल यात्रीले स्वागत गरेका थिए ।

यसैबीच वस्नेतले एक प्रेस विज्ञप्ती जारी गर्दै वैद्य माओवादीले क्रान्तिका चर्का कुरा गरेर शहीद, वेपत्ता, र जनतामाथि अपमान गरेको बताएका छन् । उनले देशमा संविधान नभएको समयमा संविधान निर्माणका लागि हुने संविधानसभा निर्वाचन बहिस्कार गर्ने वैद्य माओवादीका कार्यक्रम सही नभएको भन्दै अहिलेसम्म पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेको दावी समेत विज्ञप्तिमा गरेका छन् ।