११ वैशाख, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैशाख ३१ मै स्थानीय तहको निर्वाचन हुनुपर्ने निर्णय गरेको छ । निर्वाचनको मुखमा संविधान संशोधन र दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउदै एमालेले वैशाख ३१ मै निर्वाचन हुनुपर्ने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको पार्टीको स्थाई कमिटीको बैठकलेसरकारले ल्याएको संबिधान संशोधन प्रस्ताव पनि अस्विकार गर्ने निणय गरेको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।


निर्वाचन तयारीका सम्पूर्ण काम भइसकेपछि र जनतामा निर्वाचनको उत्साह जागिरहेका बेला दुई चरणमा निर्वाचन गर्ने कुरा षडयन्त्रपूर्ण छ’भट्टराईले भने ।
दुई चरणमा निर्वाचन गर्ने विषयमा संवाद गर्न सकिने तर बजेट प्रस्तुत गरेर चुनावमा राज्यशक्तिको दुरुपयोग हुनु बताउदै उनले दोस्रो चरणको निर्वाचन अघि नै बजेट ल्याउनु पर्ने बताए । संविधान संशोधन विधेयकमा सहयोग गर्न आइतवार प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग वालकोट पुगेरै छलफल गरेका थिए ।