२३ बैशाख, काठमाडौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको रुपमा लोकमानसिंह कार्कीको नाम सिफारिस गरिएको विषय विरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले शर्त नपुगेको भन्दै फिर्ता पठाएको छ ।

अख्तियारको प्रमुख हुनका लागि कार्कीको योग्यता नपुगेको भन्दै सर्वोच्चमा रिट दर्ता गराउन पुगेका अधिबक्त ओमप्रकाश अर्याललाई २०६३ सालको एउटा आदेशको नजिर टेकेर कम्तीमा २ वटा शर्त पुरा गर्न सर्वोच्चले भनेको छ ।

यसअघि पनि दर्ता गरिएको रिटलाई समय नभएको भन्दै फर्काइएको थियो । लोकमानसिंहलाई नियुक्ति गरिनसकिएको भन्दै अदालतले उक्त रिटलाई बदर गरेको थियो ।

आज पूरा गर्न राखिएको शर्त यस्ता छन्…
– अदालतमा निवेदन दिनु पूर्व सम्बन्धित निकाय वा पदाधिकारी समक्ष आवश्यक उपचारका लागि निवेदन दिनु पर्ने,
– उपचार पाउन नसकेको कारण दर्शाएर सम्बन्धित अधिकारी वा पदाधिकारी समक्ष सो काम गरे वा नगरे उपर सार्वजनिक सरोकारको निवेदन दिनलागेको कुराको जानकारी गराई त्यसको प्रमाण पेश गर्नु पर्ने ।

यि दुई वटा शर्त पुरा नगरेको भन्दै रिट फिर्ता दिइकोएको छ ।