एजेन्सी ।

कोलकता नाइटराईडर्सका मालिक र फिल्मस्टार शाहरुख खानमाथि लागेको प्रतिबन्ध हटेको छ । उनीमाथि मुम्बईमा वानखेडे स्टेडिएममा लागेको रोक हटेको हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार मुम्बई क्रिकेट एसोसियसनको प्रबन्ध समितिले आइतबार भएको बैठकमा करिब पाँच वर्ष पहिले लागेको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

shahrukh stadium band

सुरक्षागार्डलाई पिटेको र प्रतिबन्धित क्षेत्रमा जबरजस्ती पस्न खोजेको भन्दै शाहरुखलाई स्टडियममा जान सन २०१७ सम्म प्रतिबन्ध लगाएको थियो ।

यो घटना सन २०१२ मे महिनाको हो । उक्त दिन वानखेडे स्टेडियममा भएको म्याचमा कोलकाता नाइटराईड्रसले मुम्बई इन्डियन्सलाई हराएको थियो ।