एजेन्सी ।

बलिउडका चर्चित अभिनेता शाहिद कपुरले मंगलबार धुमधामसँग मीरा राजपुतसँग विवाह गरेका छन् । उनको विवाहपछि उनले पत्निसँग खिचेको सेल्फी समेत चर्चित बनेको छ ।

साहिदलाई विवाह गरेकोमा धेरैले बधाइ पनि दिए । तर बलिउडमा भने शाहिदको विवाहले धेरैलाई खुसी दिएन । एक चर्चित टेलिभिजन अभिनेत्री त भक्कानो छोडेर रोइन् पनि ।

sahid mira marriage 1

ती अभिनेत्री मात्र होइन बलिउडमा शाहिदको विवाहमा दुःखी भएका अन्य सुन्दरीहरु पनि छन् । शाहिदको विहेमा दुःखी भएका र अनुपस्थित रहेका चर्चित सुन्दरी को को ?

१ विद्या वालन

अवार्ड विजेता अभिनेत्री सुन्दरी विद्या वालनलाई कुनै बेला शाहिदकी प्रेमिकाकारुपमा चिनिन्थ्यो । उनीहरुको सम्बन्ध लामो समय टिकेन । त्यसैले होला शाहिदको विवाहमा विद्याको उपस्थिति देखिएन । हमारी अधुरी कहानी फ्लप गएको समयमा उनको पुरानो कहानी भने समाप्त भएको छ ।

sahid marriage sad actress

२ सोनाक्षी सिन्हा

बलिउडकी मोटी सुन्दरी सोनाक्षी सिन्हा पनि शाहिदको विहेमा अनुपस्थित रहिन् । कुनैबेला शाहिदसँग नाम जोडिएकी उनी पनि शाहिदको विहेमा खुसी नहुने सुन्दरीमा सूचीकृत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

sahid marriage sad actress 1

३ सानियाँ मिर्चा
विश्व चर्चित टेनिस खेलाडी एवं भारतकी छोरी तथा पाकिस्तानकी बुहारी सानिया मिर्जा पनि कुनैबेला शाहिद कपुर निकट थिइन् । उनीहरुको बजार हल्ला भने लामो समय चलेन । तर शाहिदको विवाहमा पाकिस्तानबाट भारत आउने झन्झट गर्न सानियालाई जाँगर चलेन ।

sahid marriage sad actress 2

४ प्रियंका चोपडा
कुनै बेला शाहिदसँग चक्कर चलेकी बलिउड सुन्दरी प्रियंका चोपडा पनि शाहिद कपुरको विवाहमा अनुपस्थित पाहुना बनिन् । उनी पनि शाहिदको विवाह हुँदा दुःखी हुने मध्येमा परेकी छिन् ।

sahid marriage sad actress 3

५ सोनम कपुर
मिष्टर इण्डिया अनिल कपुरकी छोरी सोनम कपुर पनि कुनै बेला शाहिदसँग नजिक हुन पुगेकी थिइन् । तर लामो समय सम्बन्ध नटिकेका कारण उनीहरुको बाटो फरक बन्यो । उनी पनि शाहिदको विवाहमा अनुस्थित हुने र दुःखी हुनेको सूचीमा दरिइन् ।

sahid marriage sad actress 4

६ नरगिस फाकरी

बलिउडकी सुन्दरी नरगिस फाकरी पनि शाहिदको विवाहमा निम्तो नपाउने मध्ये परिन् । उनी पनि शाहिदको विवाह हुँदा दुःखी हुनेमा परेको बताइएको छ ।

sahid marriage sad actress 5

७ करिना कपुर
बलिउडमा शाहिदको विवाहबाट सबैभन्दा मर्माहत हुने मध्ये शाहिदको पूर्व प्रेमिका करिना कपुर रहेको चर्चा छ । उनलाई शाहिदको विवाहको निम्तो प्राप्त भएन तर पनि उनले शुभकामना दिन भुलिनन् । उनलाई शाहिदको पहिलो प्रेम समेत भन्ने गरिन्छ ।

sahid marriage sad actress 6

८ अमृता राव

शाहिद कपुरसँग चर्चित चलचित्र विवाहमा विवाह गरेकी अमृता राव पनि उनको वास्तविक विवाहमा नबोलाइनेमा परिन् । उनले ट्वीटरबाट शाहिद कपुरलाई वास्तविक विवाहको शुभकामना दिएकी छिन् ।

sahid marriage sad actress 7

यो पनि हेर्नुस्

पूर्व प्रेमी शाहिदले विवाहमा नबोलाएपछि करिनाको यस्तो प्रतिक्रिया 

शाहिद कपुरको विवाह हुँदा धरधरी रोइन यी अभिनेत्री