१६ असोज, एजेन्सी ।

भारतले पाकिस्तानी सीमा क्षेत्रमा घुसेर सर्जिकल स्ट्राइक गरेपछि दुई देशबीच युद्धको चर्चा चलिरहेको छ ।

देश युद्धमा जाने तयारी गरेपछि दुवै देशका सेलिब्रेटीहरुले समेत यस विषयमा प्रतिक्रिया दिइरहेका छन् ।

आचानक राजधानीको सडकमा अश्लिल फिल्म शुरु भएपछि…

भारतले सर्जिकल स्ट्राइक गरेपछि बढेको तनावपछि पाकिस्तानी सेलिब्रेटी क्रिकेटर शाहिद अफ्रिदीले केही दिन अघि ट्वीटरबाट सोधेका थिए-वार्ताबाट मिल्न सक्ने कुरामा किन युद्ध गर्ने ।

नेपाल चुक्योः भारतीय मिडियाले मनाए खुसियाली

अफ्रिदीले सामाजिक सञ्जालमा लेखे, “पाकिस्तान एक शान्तिप्रिय मुलुक हो । किन हामी यति ठूलो कदम चाल्ने जवकी कुरा वार्ताबाटै मिल्न सक्छ ।”

Shahid-Afridi-5

अफ्रिदीले अर्को ट्ववीटमा लेखेका थिए, ‘यदि दुई छिमेकी (भारत र पाकिस्तान)आपसमा लडे भने दुवै परिवारमा क्षति हुन्छ’ ।

तर अव आएर अफ्रिदी भारतसँग रिसाएको देखिएको छ । उनले भारतीय सेनालाई चेतावनी दिँदै भनेका छन्, ‘भारतीय सेनालाई यो थाहा छैन कि पाकिस्तानी सेना अगाडी पठान हुन्छन् र सबै सीमाको सुरक्षा पठान नै गर्छन्’ ।

sahid-afridi-angry-with-indian

पठानलाई पाकिस्तानमा शक्तिका प्रतिक मानिन्छ । एक पाकिस्तानी पठानले मोदीलाई दिएको चुनौति यतिबेला यू-ट्यूवमा भाइरल बनेको छ ।

हेर्नुस् भिडियोः

यस अघि शान्तिका कुरा गरेका अफ्रिदीको पछिल्लो टिप्पणीले भारतीय मिडियामा हंगामा गरेको छ । कतिपयले अफ्रिदी भारतीय सेनाको ताकत देखेर डराएको समेत भनेका छन् ।

भारतलाई आइलाग्यो पाकिस्तान भन्दा खतरनाक दुश्मन