१८ चैत, काठमाडौं ।

सरकारले शिक्षा ऐन २०७३ बमोजिम नयाँ शिक्षा नियमावली पारित गर्ने तयारी गरेको बताएको छ । बिहान बालुवाटारमा नेपाल शिक्षक महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीले नयाँ संविधानले स्थानीय तहलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण अधिकार दिएकाले यसलाईसमेत व्यवस्थित गराउने गरी नयाँ शिक्षा ऐन अनुकूलको नियमावली जारी गर्ने तयारी भइरहेको बताए ।

प्रधानमन्त्रीले आवश्यक छलफल गरेर नियमावली पारित गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिए ।

शिक्षक महासंघको प्रतिनिधि मण्डलले तत्काल शिक्षा नियमाबली पारित गर्नुपर्ने, द्वन्द्वमा निकालिएका शिक्षकको पुर्नबहाली गर्नुपर्ने लगायतका माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।