९ भदौ, एजेन्सी । भारतको पञ्जाबस्थित एक सरकारी स्कुलका प्रधानाध्यपकले अफिसमा दुई महिला शिक्षिकाहरुमाथि अश्लिल हर्कत गरेका छन् । आरोपी शिक्षकको दुई भिडियोक्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । महिला अफिसमा प्रवेश गर्नेवित्तिकै दुवैजनाले अंकमाल गर्छन् र अश्लिल हर्कत गर्न शुरु गर्छन् । पछि शिक्षिकाले प्रधानाध्यापकको गोडा छुन्छिन् ।

त्यसलगत्तै छुट्टिएका दुईजनाले पुनः अंकमाल गरी अश्लिल हर्कत गर्छन् । त्यसपछि एकपटक अंकमाल गरी महिलाले दोश्रोपटक प्रधानाध्यापकको गोडा छुन्छिन् । अर्को भिडियो क्लिपमा महिला शिक्षिका प्रधानाध्यापकको दाहिनेपट्टी बस्दै हस्ताक्षर गर्नको लागि रजिस्टर अगाडि बढाउँछिन् । त्यो समयमा प्रधानाध्यापक फोनमा कसैसँग गफ गरिरहेको हुन्छ । त्यहिसमयमा उसले महिलाको गालामा चुम्बन गर्छन् ।

प्रधानाध्यापकको यस्तो हर्कत यो नै पहिलोपटक नभएको गाउँका अधिकारीहरु बताउछन् । यसअघि पनि प्रधानाध्यापकको यस्तो क्रियाकलाप गरेको भएता पनि प्रमाण नपुगेको भन्दै छुटेका थिए ।

कसरी बाहिरियो भिडियो ?
विद्यालयमा प्रधानाध्यापकको अश्लिल क्रियाकलापबाट हैरान भएका शिक्षकहरुले उसको स्टिङ अपरेसनको योजना बनाए । प्रधानाध्यापकको अफिसमै एक क्यामेरा राखेर उनीहरुले प्रधानाध्यापकको यस्तो क्रियाकलाप क्यामेरामा कैद गरेका हुन् । यस्तो क्रियाकलापपछि प्रधानाध्यापक र दुई महिला शिक्षकलाई विद्यालय आउन बन्द गरिएको छ । अहिले जिल्ला शिक्षा अधिकारीले भिडियोको वास्तविकता जाँच्ने क्रम जारी छ ।