१३  फाुगन, सुनसरी।

शिवरात्रीका अवसरमा सुनसरीको सिमरिया-९ मा रहेको शिव मन्दिरमा लागेको मेलामा बेलुनमा हावा भर्न राखेको ग्याँस सिलिण्डर पड्कदा तीन जना गम्भीर घाइते भएका छन।

मेलामा बेलुन फुलाएर बेच्नका लागि भगवानलाल साहुले प्रयोग गरेको सिलिण्डर पड्कदा १० जना घाइते भएको र ति मध्ये ३ जनाको अवस्था गम्भीर भएको सुनसरी प्रहरीले जनाएको छ ।

गम्भीर घाइते मोरंग कटारीका शोमराज माझी, मोरंग गछियाकी तारा मण्डल र अर्का एक जनाको उपचारका लागि नोवेल अस्पताल विराटनगर पठाइएको तथा बाँकी सामान्य घाइतेहरुको स्थानीय क्लिनीकमा उपचार भएको सुनसरीका प्रहरी उपरिक्षक पोषराज पोखरेलले जानकारी दिए ।

बेलुन विक्रीका लागि ग्यास सिलिण्डर प्रयोग गर्ने साहु पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको समेत पोखरेलले जानकारी दिए ।

शिवरात्रीको पूजापाठका लागि मन्दिरमा भेला भएका भक्तजनहरुको भीडभाड रहेको समयमा ग्याँस सिलिण्डर विष्फोट हुँदा भक्तालुहरु भागाभाग गरेका थिए ।