काठमाडाै‌ ५ चैत । शेयर बजार परिसूचक नेप्से मंगलबार ६ अंकले ओरालो लागेको छ ।

बजार मापन गर्ने नेप्से परिसूचक ६ दशमलव ३ अंकले घटेर ११ सय ४७ दशमलव १५ बिन्दुमा झरेको छ । परिसूचकसँगै कारोवार रकम पनि घटेको छ । मंगलबार १ सय ५ कम्पनीका ५ लाख ५ लाख ३४ हजार ९ सय ९५ कित्ता सेयर १४ करोड ८६ लाखमा किनवेच भएका छन् ।

मुख्यतः अनलाइन प्रणालीमा सामान्य समस्या देखिंदा कारोबार रकम प्रभावित भएको ब्रोकरहरुको भनाई छ । कारोवारमा सूचिकृत कुल ११ मध्ये १० वटा उपसमूहको सूचक ओरालो लागेको छ भने होटेल समूहको सूचकमा कुनै पनि परिवर्तन छैन ।