२९ चैत, काठमाडौं ।

सत्तारुढ एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)ले सरकारसँग विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र अनुसार शैक्षिक ऋण दिन माग गरेको छ ।

अखिलले सोमबार अर्थमन्त्री विष्णु पौडेललाई उनकै कार्यकक्षमा भेटेर आफ्ना माग सहितको ज्ञापन पत्र पनि बुझाएको छ ।

Nebina Lama Interveiw (1)

फाइल तस्विर

शैक्षिक बेरोजगारी अन्त्य गर्नका लागि शिक्षामा हाल विनियोजन हुने गरेको बजेटलाई बढाएर २५ प्रतिशत वृद्धी गर्दै शैक्षिक बेरोजगारी अन्त्यका लागि ठोस कार्यक्रम ल्याउनु पर्ने माग आफूहरुले गरेको जानकारी अनेरास्वियुकी अध्यक्ष नविना लामाले नेपाली हेडलाइन्सलाई जानकारी दिइन् ।

महिला भएर राजनीति गर्न निक्कै संघर्ष गर्नु पर्छ- नविना लामा

‘विद्यार्थी आन्दोलनलाई समृद्धिसँग जोड्नेछु’ : नविना

अखिलले शैक्षिक बेरोजगारीको अन्त्यका लागि प्रमाणपत्र तहलाई कम्तिमा ५ लाख, स्नातक तहको प्रमाणपत्र हुनेलाई कम्तिमा ७ लाख र स्नातकोत्तर तहको प्रमाणपत्र हुनेलाई कम्तिमा १० लाख ऋण दिनु पर्ने माग सरकारसँग गरेको छ ।

विश्वविद्यालयहरु शैक्षिक वेरोजगार उत्पादन गर्ने थलो बनेको भन्ने आम धारणालाई परिवर्तन गर्न यस्तो कदम चालेको अध्यक्ष नविनाले जानकारी दिइन् । आगामी दिनमा आफ्ना माग पुरा गराउन ससक्त कदम पनि चाल्ने र शिक्षा क्षेत्रका विकृति अन्त्यका लागि थप योजना पनि आफूसँग रहेको उनले बताएकी छिन् ।