एजेन्सी ।

बलिउड अभिनेत्री सुन्दरी श्रद्धा कपुरले आफूले ८ वर्षको उमेरमा नै प्रेम प्रस्ताव गरेको खुलासा गरेकी छिन् । कलर्स टेलिभिजनको कार्यक्रम कमेडी नाइट्स विद कपिल’ मा श्रद्धाले आफूले ८ वर्षकै उमेरमा बरुण धवनलाई प्रेम प्रस्ताव राखेको खुलासा गरेकी हुन् ।

shradda kapoor cute

आफ्नो आउँदै गरेको फिल्म ‘एबीसीडी टू’ को प्रमोशनका लागि त्यहाँ पुगेकी श्रद्धाले आफूले बचपनमा बरुण धवनलाई प्रेम प्रस्ताव गरेको र अस्वीकृत भएको खुलासा गरेकी हुन् ।

सोही कार्यक्रममा आएका बरुण धवनले पनि आफूलाई त्यतिबेला गर्लफ्रेण्ड सम्हाल्न गाह्रो भएको भन्दै हाँसो गरे ।

shradda varun

बरुणले आफूलाई श्रद्धासँग काम गर्न सहज भएको समेत बताए । आफूहरु बचपन देखि नै साथी भएका कारण काम गर्न सहज हुने उनको भनाइ थियो ।