२३ चैत, एजेन्सी ।

बलिउड अभिनेत्री श्रद्धा कपूर हिजोआज आफ्नो फिल्म भन्दा पनि आफ्नो अफेयर्सलाई लिएर निक्कै चर्चा बटुलिरहेकी छिन् । कहिले श्रद्धाको नाम अभिनेता फरहान अख्तरसँग जोडिन्छ त कहिले आदित्य रोय कपूरसँग ।

श्रद्धाका परिवारलाई फरहानसँगको निकटता मनपर्दैन भने जहाँसम्म आदित्यसँगको अफेयरको कुरा छ उनीहरुको अफेयरलाई ‘आशिकी–२’को रिलिजपछि निक्कै चर्चा रह्यो । यद्यपी, दुवैले कहिल्यै पनि कुनै प्रतिक्रिया दिएनन् । त्यसपछि जब ‘रक अन–२’ रिलिज भयो, श्रद्धा कपूरको नाम फरहानसँग जोडिन गयो ।

यो पढ्नुस् : पारिश्रमिक बढाएर कपिलको शोमा फर्कने भए डा. गुलाटी

यसबीच श्रद्धा र फरहानको सम्बन्धलाई लिएर धेरै प्रकारका खबर आए तर, उनीहरुले ती कुनै पनि स्विकारेनन् । तर, जब फिल्म ‘ओके जानु’को सुटिङ अवधिमा फेरि श्रद्धा र आदित्य नजिकिए तब फरहानलाई यो पटक्कै मन परेन । त्यसपनि फरहान र आदित्यबीच श्रद्धालाई लिएर सुरु भयोे ।

खबरअनुसार, आदित्य–श्रद्धानको नजिकिँदो सम्बन्ध देखेर फरहानलाई निक्कैँ चोट पुग्यो र उनले आदित्यसँग झगडा गर्न पुगे । यद्यपी, यो झगडालाई श्रद्धाले सम्हालिएकी छिन् । श्रद्धा फरहानको घर पुगेर उनलाई सम्झाएकी छिन् ।