२५ साउन, सिन्धुली । सुनकोसी नदीमा हामफाल्दा एक महिलाको मृत्यु भएको छ । काभ्रे पाँचखाल नगरपालिका १० निवासी ३४ वर्षीया सरस्वती रायमाझीको सुनकोसी नदीमा हाम्फालेपछि डुवेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार श्रीमानसँग माइती हिडेँकी सरस्वतीले सुनकोसी गाउँपालिका–१ कुशेश्वर मन्दिर नजिकैबाट सुनकोसी नदीमा हामफालेकी हुन् । पानीको बहाव उच्च रहेकोले बेपत्ता भएकी उनी वडा नम्बर ६ खहरे दोभानमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

सरस्वतीका श्रीमान ओमबहादुरले आफ्नी श्रीमती सुनकोसी नदीमा हामफाली बेपत्ता भएको जानकारी गराएपछि खोजी गरिएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।