एजेन्सी । श्रीलंकामा गत आइतबार चर्च र होटेलहरुमा भएका आक्रमणपछि प्रहरीले सुरु गरेको कारबाहीमा १५ जना मारिएका छन् । मुलुकका विभिन्न क्षेत्रमा गरिएको कारबाहीमा १५ जनाको मृत्यु भएको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो पटक प्रहरीले इस्लामिक आतंकवादी संगठन आइएस भएको आशंकामा साइन्मदरदुमा एक घरमा गरेको कारबाहीमा दुई जनामा मारिएका थिए । त्यसअघि साइन्मदरदुमै आतंककारीहरुले आत्मघाती विस्फोट गराएका थिए ।

विस्फोटमा एक आक्रमणकारी र एक सर्वसाधारण मारिएको प्रहरीले जनाएको छ । आइतबार इस्टर सन्डेका दिन भएको आक्रमणमा मुलुकभर २ सय ५३ जनाको मृत्यु भएको थियो ।
सो घटनाको जिम्मेवारी इस्लामिक स्टेट आईएसले लिएको छ । प्रधानमन्त्री रनिल विक्रासिंघेले मुलुकभर करिब एकसय ४० जनाको संख्यामा आइएसका कार्यकर्ता सक्रिय अवस्थामा रहेको हुन सक्ने र त्यसमध्ये करिब ७० जना पक्राउ परिसकेको बताए ।