२३ मंसिर, कोलम्बो।

श्रीलङ्काली सरकारले भारतसँग आर्थिक सम्झौता नगर्ने जनाएको छ । बुधबार श्रीलङ्काली प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई उद्धृतगर्दै सो समाचार आएको छ ।

भारतद्वारा प्रस्तावित सो आर्थिक सम्झौतामा श्रीलङ्काले हस्ताक्षर नगर्ने भएको सिन्ह्वाले  जनाएको हो ।

फाइल तस्बिर

फाइल तस्बिर

श्रीलङ्काली प्रधानमन्त्री विक्रमासिंघेले बुधबार संसद बैठकमा सो विषयमा जानकारी दिएका समाचारमा बताइएको छ।

भारतले हालैमात्र श्रीलङ्कासामु बृहत आर्थिक साझेदारी सम्झौता गर्ने भनी अघि सारेको थियो । सो सम्झौता नगरिने जानकारी श्रीलङ्काली प्रधानमन्त्रीले बुधबारको संसदमा दिएका हुन ।

साथै उनले भारतले अघि सारेको सो सम्झौतामा हस्ताक्षर नगरी श्रीलङ्काले अलग्गै आर्थिक तथा प्राविधिक सम्झौता गर्ने नयाँ प्रस्तावका बारेमा कुरा चलाएको पनि उनले बताए ।

साथै उनले यस्तै प्रकारको सम्झौता श्रीलङ्काले चीन सरकारसँग पनि गर्न लागेको जानकारी दिएका छन्।

प्रधानमन्त्री विक्रमासिंघेले यस सम्झौता गर्नुअघि एक पटक स्थानीय स्तरका श्रमिक संगठनहरुसँग पनि परामर्श गर्ने सोँचमा आफ्नो सरकार रहेको जानकारी दिए ।

यस सम्झौता बमोजिम भारतीय श्रमिकलेमात्र काम पाउने र कतिपय श्रीलङ्काली श्रमिकले जागिर गुमाउन पनि सक्ने भएकोले सरकारले भारतीय स्थानीय श्रमिक संगठनहरुसँग परामर्श गरिने बताएको हो ।

त्यसैगरी श्रीलङ्काको विपक्षी दलका एकजना सदस्य दिनेश गुणवर्धनेले पनि भारतसँग सो सम्झौता गर्नुअघि विपक्षी दलसँग पनि छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

यो पनि पढ्नुस्।

रसुवागढी नाकामा सुख्खा बन्दरगाहा बनाउने प्रक्रिया अगाडि

२० औं शताब्दीका विवादित आध्यात्मिक गुरु ओशो, थियो ९० वटा रोल्स रोयस

भारतीय मिडिया हेडलाइनः नेपाल सरकार नै शान्ति चाँहदैन

बाराका जिल्ला शिक्षा अधिकारी रंगेहात अख्तियारको फन्दामा