३ असोज, काठमाडौं ।

संविधान घोषणा हुने दिन आज राजधानीको नयाँ बानेश्वर विशेष आकर्षणमा छ । कतिपय पक्षले बन्द आयोजना गरे पनि काठमाडौँ उपत्यकाको जनजीवन सामान्य रहेको छ ।

संविधान घोषणा हुने भएपछि के घर के डेरा सडकदेखि सदनसम्म जनलहर र उत्साह देखिएको छ ।

Sambidhan Welcome rally ktm

संविधानको स्वागतमा मोटर साइकल र्‍याली निकाल्दै युवाहरु

बेहुलीझैँ सिँगारिएको संविधानसभा भवन र बानेश्वर क्षेत्रको सडक आसपास गरिएको साज सजावटले सर्वसाधारणलाई आकर्षित गरेको छ । काठमाडौँ उपत्यकाका सडक र मुख्य चोकहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिले पनि सर्वसाधारणमा मनोबल बढाएको छ ।

Sambidha sava baneshwor samidhan day (2)

नयाँ बानेश्वरस्थित संविधानसभा भवन आसपासमा मानिसको बाक्लो उपस्थिति रहेको छ ।

संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालकोसंविधान जारी हुन लागेको खुसियालीमा सहर तथा गाउँ, बस्ती सरसफाइ गरिएको छ ।

Sambidha sava baneshwor samidhan day (6)

आफ्ना जनप्रतिनिधिद्वारा संविधान जारी हुन लागेको खुसियालीमा गाउँ, बस्ती, टोल, वडाका स्थानीयवासी आज बिहानै घर, चोक, आँगन सरसफाइमा जुटेका छन् । राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी आज बिहानै हातमा कुचो, साबेल, बोरा लिएर सडकपेटीको सरसफाइमा जुटेका थिए ।

Sambidha sava baneshwor samidhan day (8)

सरकार र प्रमुख राजनीतिक दलले आज र भोलि दीपावलीलगायत विजय जुलुस मनाउन आह्वान गर्दै सार्वजनिक बिदा घोषणा गरेको छ ।

Sambidha sava baneshwor samidhan day (7)

सर्वसाधारण मात्र हैन व्यवसायीमा पनि उत्तिकै उत्साह छ । नयाँ बानेश्वरमा भेटिएका मानबहादुर थापाले संविधान घोषणाको उत्साहमा सहभागिता जनाउन आफूहरु जम्मा भएको बताए ।

Sambidha sava baneshwor samidhan day (4)

मध्यबानेश्वरमा ग्यास व्यवसाय सञ्चालन गर्दै आएका नवराज गौतमले पसल निर्वाध रुपमा सञ्चालन भएको र आसपासका व्यवसायी मिलेर सामूहिक रुपमा संविधानको खुसियाली साटासाट गरेको बताए ।

Sambidhan shabha bhavan

sambidhan sava baneshwor (9) sambidhan sava baneshwor (8) sambidhan sava baneshwor (7) sambidhan sava baneshwor (6) sambidhan sava baneshwor (5) sambidhan sava baneshwor (4) sambidhan sava baneshwor (3) sambidhan sava baneshwor (2) sambidhan sava baneshwor (1)