१७ चैत्र, काठमाडौं ।

एमाओवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधान बारे संविधानलाई पूर्ण संविधानका रुपमा लिने र संविधानमा केही भएन भन्ने दुई अति देखापरेको बताएका छन् ।

‘यो संविधान सम्पूर्ण हो या केही होइन भन्ने अति दक्षिण र संकीर्ण सोच हुन, प्रचण्डले भने । प्राप्त उपलब्धीको रक्षा र प्रयोग गर्दै संस्थागत गर्ने र बाँकी अधिकार संघर्षबाटै प्राप्त गर्नु पर्नेमा उनले जोड दिए ।

फाइल तस्बिर

फाइल तस्बिर

किर्तिपुरमा बुधवार आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालको विशेष राष्ट्रिय भेलाको बन्द सत्रलाई सम्बोधन गर्दै उनले भने,‘माओवादीहरु आदर्शको कुरा गर्दा नीति छोड्ने नीतिको कुरा गर्दा आदर्श छोड्ने कमजोरीबाट बच्नु पर्दछ ।’

अष्ट्रेलिया सरकारले नेपालीको विषयमा सार्वजनिक गर्यो आश्चर्य लाग्ने तथ्याङ्क

उनले जातीय आन्दोलनलाई वर्गीय उत्पीडनबाट अलग गरेर हुने आन्दोलन साम्प्रदायिक दंगामा बदलिने बताए । सर्वहारा वर्गको अग्रदस्ता माओवादी पार्टीको नेतृत्वमा सञ्चालन हुने वर्ग संघर्षबाट मात्र सम्पूर्ण खाले जातीय उत्पीडनको अन्त्य हुने प्रचण्डले दावी गरे ।