४ असोज, जलेश्वर ।

मधेशीहरुलाई उपेक्षा गर्दै संविधान जारी गरिएको भन्दै महोत्तरीमा एक युवकले आत्महत्या गरेका छन् । महोत्तरीको गौशाला निबासी ५० बर्षीय रामप्रदीप महतोले झुण्डिएर आत्महत्या गरेका हुन् ।

उनले घर नजिकै आँपको रुखमा झुण्डिएर आत्महत्या गरेको महोत्तरी प्रहरीले जनाएको छ । उनले मधेशीको अधिकार नसमेटिएको संविधान आए आत्महत्या गर्ने चेतावनी यस अघि नै दिएको स्थानीयले बताएका छन् ।