२६ मंसिर, काठमाडौ।

नयाँ संविधानमा धर्म निरपेक्ष लेखिएपनि बास्तविकतामा धार्मिक विभेदकारी शब्दावलीहरुको प्रयोग भएको भन्दै त्यसलाई हटाउन माग गरिएको छ ।

हिरेन्द्र बहादुर ताम्रकार, बालगोपाल खड्का, सुभाष चन्द्र गिरी, नेत्रबहादुर शाही र विपिन विक्रम शाहले शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नयाँ संविधानमा बहुसंख्यक हिन्दु धर्मावलम्बिसहित विभिन्न धर्मावलम्बिहरु रहेको मुलुकमा संविधान अन्य धर्मको विषयमा एक शब्द पनि उल्लेख नगरिएको तर ईस्लाम राष्ट्र जस्तो गरी १२ स्थानमा मुस्लिम शब्दमात्र उल्लेख रहेको बताए ।

dharma mag in constitution

उनीहरुले धर्म निरपेक्ष राष्ट्र घोषणा भईसकेपछि कुनै एक धर्मको नाम मात्रै उल्लेख गर्दा अन्य धर्मावलम्बिहरुमाथि विभेद भएको भन्दै त्यसलाई तत्काल हटाउन माग गरे ।

पाँचै जनाले यो विषयमा शुक्रवार सर्वोच्च अदालतमा रिट हाल्न गएपछि सर्वोच्चले रिट स्विकार नगरी दरपीट गरिदिएर आफूहरुलाई जनतामा जान बाध्य पारिएको बताए ।

पत्रकार सम्मेलनमा संविधानको धारा१८, ४२, ५१, ८४, १७६, २६४, २६७ र ३०६ धारामा १२ ठाँउमा मुस्लिम शब्द उल्लेख गरिएको जानकारी दिईएको थियो ।

रिट निवेदक हिरेन्द्र बहादुर ताम्रकारले संसारकै उत्कृष्ट भनिएको संविधानले सबै विभेद अन्त्य गर्नु पर्नेमा धर्मको नाममा विभेद गरेकोले यो गंभिर भुललाई सच्याउनु पर्ने धारणा राखे ।