२० असार, काठमाडौं ।

संविधानसभामा प्रस्तुत भएको संविधानको मस्यौदाको विषयलाई लिएर कांग्रेस नेताहरुबीच नै बाझबाझ भएको छ । उपसभापति रामचन्द्र पौडेल र अर्का नेता अमरेस कुमार सिंहबीच संविधानसभामा जुहारी चलेको हो ।

कसले के भने?

रामचन्द्र पौडेलः
अहिले भनिएको ८ प्रदेशमा मेरो चित्त बुझेको छैन । त्यो धेरै भयो देशले धन्न सक्दैन । ६ प्रदेशमा झार्नु पर्छ । जातजातको प्रदेश बनाउने कुरा गर्न छोडौं । अझै केही कुराहरुमा असावधानी भएका होलान ।

ramchandra paudel-muskan

सम्झौताको दस्तावेज भएकाले संवाद समितिमार्फत परिमार्जन गर्नु पर्छ गर्न सकिन्छ । महिला दलित जनजाति, अल्पसंख्यक सबैलाई समावेशी बनाउन अझै पनि छलफल गरी पूर्णता दिन सकिन्छ । धर्म निरपेक्षताले केही कन्फ्युजन गराएको छ । त्यसलाई परिमार्जन गर्न सकिन्छ सबै धर्म मान्नेलाई स्वतन्त्रता दिने गरी । हामीले न्यायपूर्ण राज्य बनाउन खोजेको हो । त्यसलाई सुधार गरौं, सकेसम्म छिटो संविधान जारी गरौं अरु कुरा नगरौं ।

अमरेशकुमार सिंहः
गणतन्त्र भनेको विधिको शासन हो । यो कसैको मियो होइन, अहिले त्यही भइरहेको छ । संघीयता मधेसमा थिचोमिचोमा परेकाहरुको आकांक्षा थियो । त्यो हुन सकेन । बडो चलाखिी र सुनियोजित ढंगले ती जनताको मर्म माथि प्रहार गरिएको छ । यो मस्यौदाले सम्पूर्ण जनतालाई नागरिक अधिकारबाट बञ्चित गर्न खाजेको छ ।

Amresh Kumar Singh 4

केही समयका लागि कुनै समुदाय र वर्गलाई दवाउन सकिएला तर सधैभरी उनहिरुको आवाज दब्दैन । संघीयता, गणतन्त्र, नागरिकता र अधिकार विनाको संविधानको औचित्व रामो समय रहलार टिक्ला भन्ने मलाई लागेको छैन । मैले जनताको आवाज बोल्न चाहेको हो । यो संविधानले जनतालाई अधिकार दिन सक्दैन ।