३१ भदौ, काठमाडौं ।

नेपालको संविधानसभाले संविधान पारित गरेकोमा छिमेकी चीनले स्वागत गरेको छ ।

चिनियाँ राजदुताबासले विहीबार एक विज्ञप्ति प्रकाशित गर्दै संविधान पारित भएकोमा खुसी ब्यक्त गरेको हो ।

flag of china

चिनियाँ विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै विज्ञप्तिमा नेपालले निर्धारण गरेको सामाजिक व्यवस्था र विकासको मार्गलाई चीनले सम्मान र समर्थन गर्ने भनिएको छ ।

चीनले नयाँ संविधानसँगै नेपालमा राजनीतिक स्थिरता र आर्थिक विकासको मार्ग प्रशस्त हुने विश्वास पनि ब्यक्त गरेको छ ।